Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

युएईमा पनि देखियो नयाँ प्रकारको कोरोना भाइरस

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस १५, काठमाडौँ ।</b> बेलायतबाट सुरु भएको कोरोना भाइरसको नयाँ प्रकार संयुक्त अरब ईमिरेट्स (युएई) मा पनि देखिएको छ । मंगलबार युएईमा कोभिड १९ संक्रमणको अवस्थाबारे जानकारी दिने क्रममा उक्त कुरा सार्वजनिक गरिएको हो ।&nbsp;<br></p><p>नयाँ प्रकारको कोरोना संक्रमण देखिएकाहरु विदेशबाट आएको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । तर उनीहरु कुन मुलुकका नागरिक हुन् र कुन मुलुकबाट आएका थिए भन्ने सार्वजनिक गरिएको छैन । नयाँ प्रकारको भाइरस संक्रमण देखिएपछि थप स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरिएको छ ।</p><p>सुरुमा बेलायतमा देखिएको कोरोनाभाइरस हाल युरोपका अन्य देशहरुमा पनि फैलिएको छ । हालसम्मको अध्ययनले यो भाइरस पहिलाको भन्दा लगभग ७० प्रतिशत छिटो फैलिएको देखाएको छ ।</p>