पुस १५,काठमाडौं । मलेसियाबाट काठमाडौं आएका एक जना नेपालीलाइ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मलेसियाको क्वालालम्पुरबाट नेपाल वायुसेवा निगमको आरए–४१६ विमान मार्फत आएका यात्रुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित बसेको सिट छेउका ३० जनालाई होटल क्वारेन्टाइनमा राख्न भनिएको
स्वास्थ्य मन्त्रालयको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
विमानमा आएका अरुलाई पनि स्वास्थ्यमा समस्या देखिए महाशाखाले सम्पर्क गर्न भनेको छ ।