पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>पुस १७, काठमाडौँ । </b>गृह मन्त्रालयले सशस्त्र प्रहरीका छ जना प्रहरी वरिष्ठ उपरीक्षकलाई प्रहरी नायब महानिरीक्षक बढुवामा सिफारिस गरेको छ।<br></p><p>गृह मन्त्रालयका बिहीबार बसेको बढुवा समिति बैठकले एसएसपीहरू कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदीलाई डिआइजी सिफारिस गरिएको हो।</p><p>सशस्त्र प्रहरीमा साधारण उपसमूहतर्फ छ जनाको दरबन्दी रिक्त रहेको थियो ।</p>

