पुस १९, काठमाडौँ | सशस्त्र प्रहरी जवान पदको लिखित लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिने पक्राउ परेका छन् | प्रहरीले शनिबार दिउँसो नक्कली परीक्षार्थी बनेर परिक्षा दिने सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई पक्राउ गरेको हो |
प्रहरीका अनुसार नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको फेला परेको सूचना परीक्षा केन्द्रबाट प्राप्त भएपछि स्थानीय प्रहरीले सुनसरीबाट ८ जना, जुम्लाबाट २ जना र सुर्खेतबाट ४ जना गरी १४ जनालाई पक्राउ गरेको छ |
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ