पढ्न करिब 1 मिनेट लाग्छ

पुस २२, काठमाडौँ | संसद विघटनको विरुद्धमा प्रचण्ड-नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले दिउँसै लाल्टिन बालेर प्रदर्शन गरेको छ | प्रदर्शनमा निवर्तमान पर्यटन मन्त्री योगेश भट्टराई सह-संयोजक रंजित तामाङ समेत सहभागी भएका हुन् |

प्रदर्शनकारीले 'दिउँसै लालटिन बाल्दा पनि संविधानमा संसद विघटनको धारा भेटिएन' लेखिएको पेलेकार्ड बोकेर विरोध गरेका छन् | ‘दिउँसै लालटिन बाल्यौं है, संसद विघटनको धारा ख्वै’, ‘हामी अरु जान्दैनौं, प्रतिनिधिसभा विघटन मान्दैनौं’ भन्दै नारा लगाएका थिए |

काठमाडौँको माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको हो | सभालाई सम्बोधन गर्दै सह-संयोजक तामाङले संसद विघटन फिर्ता नभए आन्दोलन जारी रहने बताएका छन् |