२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतले आफ्नो खोपको नेपालमा क्लिनिकल ट्रायल गरेको भन्दै यसरी झुट बोल्यो

२०७७, २३ पुष बिहीबार ०२:३८

पुस २३, काठमाडौं । भारतको खोप उत्पादक कम्पनी भारत बायोटेकले नेपालमा पनि कोरोना खोप ‘कोभ्याक्सिन’ क्लिनिकल ट्रायल चलिरहेको झूटो दाबी गरेको पाइएको छ । कम्पनीका प्रबन्ध निर्देशक कृष्ण एम ऐल्लाले अघिल्लो सोमबार कम्पनीद्वारा उत्पादित कोभ्याक्सिनको तेस्रो चरणको क्लिनकल ट्रायल नेपाललगायत विभिन्न १२ मुलुकमा चलिरहेको दाबी गरेको थिए । तर, कम्पनीले नेपालमा कोरोना खोपका क्लिनिकल ट्रायलका लागि हालसम्म अनुमति नलिएको पाइएको छ ।

नेपालको कानुनका अनुसार कुनै पनि खोपको परीक्षण गर्नुअघि अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्छ । अनुमति नलिएको हुँदा नेपालको स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार भारत बायोटेक मात्र नभएर अन्य कुनै पनि कम्पनीले क्लिनिकल परीक्षणका लागि अनुमति लिएका छैनन्

गत आइतबार मात्र भारत सरकारको बायोटेकद्वारा उत्पादित कोरोना खोप कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगका लागि अनुमति पाएको थियो । उक्त खोपको विकास बायोटेक र भारतको स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा गरिएको हो । कोभ्याक्सिनसँगै अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको एवं सेरम इन्स्टिच्युट अफ इन्डिया (सआईआई) द्वारा उत्पादित कोभिसिल्डले पनि भारत सरकारको नियामक निकायबाट आपत्कालीन प्रयोगको अनुमति पाइसकेको छ ।

यद्यपि दुवै खोपको प्रभावकारितालाई लिएर सुरुदेखि नै विवाद सुरु भएको थियो । विशेषगरी सरकारले यी खोपले अनुमति प्राप्त गर्नका लागि पेस गरेका क्लिनिकल ट्रायलको डाटा सार्वजनिक नगरेका कारण पनि आशंका प्रकट गरिएको छ ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा