Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

निजामती सेवामा ३५ हजार दरबन्दी रिक्त

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन २०, काठमाडौं | निजामती सेवामा एक लाख १८ हजार पाँच सय ७६ दरबन्दी छ । हाल ८३ हजार पाँच सय ५८ कर्मचारी कार्यरत रहेको निजामती किताबखानाको तथ्यांक छ ।

विभिन्न सेवा र श्रेणीमा अझै ३५ हजार १८ दरबन्दी अझै रिक्त छ। अहिलेका कर्मचारीलाई संघीय संरचनाअनुसार कसरी व्यवस्थापन गर्ने भन्नेबारे अध्ययन भइरहेको छ। तर, रिक्त दरबन्दीमा कर्मचारी भर्नासमेत रोकिएको छैन।

सामान्य प्रशासन मन्त्रालयका सचिव टंकमणि शर्माले भने अत्यावश्यक पदबाहेकमा भर्ना प्रक्रिया रोकिने बताए। शर्माले भने,‘अब अत्याश्यकबाहेक ठूलो संख्यामा कर्मचारी भर्ना गर्ने सम्भावना छैन, कडाइ हुन्छ।’

केही समयअघि मात्रै प्रधानमन्त्रीको अध्यक्षतामा बसेको उच्चस्तरीय संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचना निर्देशक समितिको बैठकले मुलुकमा अत्यावश्यकबाहेकका कुनै पनि निकायमा कर्मचारी दरबन्दी थप नगर्ने निर्णय गरेको थियो।

तर, विभिन्न मन्त्रालयको मागका आधारमा कर्मचारी भर्ना प्रक्रिया थालिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। लोकसेवा आयोगले पनि विभिन्न पदमा कर्मचारी पदपुर्ति गर्ने क्यालेण्डर सार्वजनिक गरिसकेको छ। निजामति सेवामा हाल पुरुषको संख्या ६७ हजार ५ सय २१ र महिलाको संख्या १६ हजार ३७ छ। – नयाँ पत्रिका दैनिक