पुस २७, काठमाडौँ | हेन्ली पासपोर्ट इन्डेक्सले संसारभरीका पासपोर्टको सूचि सार्वजनिक गरेको छ | विश्वभरिका पासपोर्टको उक्त सर्वोक्षणले जापानको पासपोर्ट सबैभन्दा बलियो देखिएको छ | अध्ययनका अनुसार नेपालको पासपोर्ट उत्तर कोरियाको भन्दा कम्जोर देखिएको छ |
उत्तर कोरिया नेपाल भन्दा एक स्थान अगाडी १०३ औंमा छ भने नेपाल १०४ औंस्थानमा छ | विश्वका कति देशले भिसा नालगाएरै ति देशमा प्रवेश दिन्छन भन्ने आधारमा पासपोर्टको सूचि तयार गरिन्छ | जस अनुसार जापान पहिलो नम्बरमा छ |
जापानका नागरिकहरुले १९१ देशमा भिसा नलगाएर नै प्रवेश पाउँछन् | नेपालीहरुले ३८ देश मात्रै भिसा नलगाएर प्रवेश पाउँछन् | त्यस्तै दोश्रो नम्बरमा सिंगापुर रहेको छ,सिंगापुरका नागरिकहरुले १९० देश प्रवेश पाउँछन् | त्यस्तै जर्मनी,दक्षिण कोरिया,इटाली तेश्रो, चौथो र पाँचौ नम्बरमा रहेका छन् |
अमेरका ७ औ नम्बरमा छ भने त्यंहाका नागरिकहरुले १८५ देश घुम्न पाउँछन् | दक्षिण एसियाली मुलुकहरूमध्ये भारत ८५ औं स्थानमा, भुटान ९० औं र बंगलादेश १ सय १ औं स्थानमा रहेका छन् |