२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगि गर्ने पक्राउ

२०७७, ७ माघ बुधबार १०:४४

माघ ७, काठमाडौँ । आफू राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष भएको बताउंदै अमेरिका पठाइदिन्छु भन्दै ठगि गर्ने पक्राउ परेका छन । संखुवासभा पाँचखपन गाउँपालिका वडा नं. ५ खमारे स्थाई घर भई हाल काठमाडौँ महानगर वडा नं. ७ मित्रपार्क,चावहिल बस्ने वर्ष ६० को तुलसी थापालाई प्रहरीले पक्राउ गरेको हो ।

उनले आफू राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष भएको भन्दै  परिचय पत्र समेत देखाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । उनलाई मंगलबार काठमाडौँको दरबारमार्गबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले 'म अमेरिका हुने कार्यक्रममा जाँदा तपाईँलाई ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु' भनी विश्वास दिलाई रु. १५,००,०००।– (अक्षरुपी पन्ध्र लाख मात्र) रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उनीबाट कोहो ठगिएको भएकार्यालयमा सम्पर्क राख्न समेत अनुरोध गरेको छ । उनलाई ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ  पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश