Skip to content
Friday, July 17, 2026 Nepali Online Media

शरीर बन्धक बनाई जबरजस्ती करणी कसुरका फरार अभियुक्त पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ १२, काठमाडौं ।</b> शरीर बन्धक बनाई जबरजस्ती करणी कसूरका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको जुगल गा.पा.-४ गुन्टे गाँउ घर भएका २४ वर्ष कैलाश भन्ने रोहन नेपालीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाण्डौको कलंकीबाट पक्राउ गरेको हो ।<br></p><p>उनले गत असोजमा एक युवतीलाई घर पुर्‍याई दिने भनी मोटरसाइकलमा लगेर सिन्धुपाल्चोक जुगल गा.पा.-४ स्थित मान्जे भन्ने ठाँउमा लगी अन्य प्रतिवादीहरूसँग मिलेर युवतीलाई जबरजस्ती करणी गरी गरगहना समेत लुटपाट गरेका थिए ।&nbsp;</p><p>सो घटना पश्चात फरार भएका रोहनलाई कारवाहीको लागी जिल्ला&nbsp; प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाईएको प्रहरीले जनाएको छ ।</p>