२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिपी कोइरालाको आत्मवृत्तान्त जापानी भाषामा छापिँदै

२०७७, १३ माघ मंगलवार ११:३५

माघ १३, काठमाडौँ । बिपी विचार राष्ट्रिय समाज, जापानले बिपी कोइरालाको लोकप्रिय कृति ‘आत्मावृत्तान्त’ लाई जापानी भाषामा अनुवाद गरी जापानमा प्रकाशन गर्ने भएको छ । 

कृतिको प्रकाशनाधिकार (कपिराइट) रहेको संस्था जगदम्बा प्रकाशन, पाटनढोका ललितपुरले बिपी विचार राष्ट्रिय समाज, नेपालको अनुरोधमा बिपीको कृति ‘आत्मावृत्तान्त’ लाई जापानी भाषामा अनुवाद गरेर जापानमा प्रकाशित गर्न  र बिक्री एवम् वितरण गर्न नियमानुसार स्वीकृति प्रदान गरेको छ ।

बिपी कोइरालाको कृतिहरूलाई भाषानुवाद गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्ने उद्देश्यले समाजको जापान शाखाले शाखाका संयोजक प्रा डा सुदीप अधिकारीको संयोजकत्वमा प्रा डा विश्वराज कँडेल,  सल्जिता श्रेष्ठ सदस्य रहेको ‘बिपीका कृति अन्तर्राष्ट्रियकरण तथा व्यवस्थापन समिति’ गठन गरी प्रथम चरणमा बिपीको लोकप्रिय कृति ‘आत्मवृत्तान्त’ लाई जापानी भाषामा अनुवाद गरेको हो । अनुवादका लागि प्रा डा अधिकारीको संयोजकत्वमा चुवु विश्वविद्यालय, जापानका प्रा डा कँडेल र ढुङ्गेमूर्ति तथा नेपाली सम्पदा अनुसन्धानकर्ता जापानी नागरिक ताकाओ ऊ रहनुभएको तीन सदस्यीय ‘बिपीको आत्मवृत्तान्त अनुवाद तथा व्यवस्थापन उपसमिति’ गठन गरी काम अगाडि बढाइएको आत्मवृत्तान्त प्रकाशन समन्वय समितिका संयोजक लोकेश ढकालले जानकारी दिए।                                                                                     

बिपी विचार राष्ट्रिय समाज, नेपालको कार्यसमिति बैठकले कृति प्रकाशन र प्रकाशनाधिकार स्वीकृतिलगायत काममा नेपालका तर्फबाट आवश्यक सहयोग एवम् समन्वय गर्न समाजका संस्थापक केन्द्रीय सदस्य ढकाललाई संयोजक तोकिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना