१३ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमेजनका प्रमुख कार्यकारी जेफ बेजोसद्वारा राजीनामा घोषणा

२१ माघ २०७७, बुधबार ०९:४९

माघ २१, वासिङ्टन । अमेजनका संस्थापक जेफ बेजोसले यसै वर्ष सन् २०२१ को अन्त्यदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट अलग हुने घोषणा  गरेका छन् । सानो व्यवसायलाई विश्वकै एउटा महत्वपूर्ण कम्पनीका रुपमा रुपान्तरण गर्ने श्रेय बेजोसमाथि छ । 

अमेजनमा रहेको सम्पत्तिका आधारमा विश्वकै धनाढ्य व्यक्तिको सूचीमा रहेका बेजोसले यस वर्षको तेस्रो चौमासिक अवधिमा कम्पनीको कार्यकारी अध्यक्ष रहने र प्रमुख कार्यकारीको भूमिका एन्डी जेस्सीलाई हस्तान्तरण गर्ने बताएका छन् । जेस्सीले हाल अमेजन वेब सर्भिसेजको नेतृत्व गरिरहेका छन् ।

कोरोनाभाइरस महामारीका कारण जताततै लडकडाउन भएपछि अनलाइन व्यवसाय फस्टाएका कारण अमेजनको पनि नाफा झण्डै दोब्बर अर्थात् ७.२ अर्ब डलर भएको थियो । कम्पनीले गरेको कूल कारोबारमा पनि ४४ प्रतिशतले वृद्धि भएर एक खर्ब २५ अर्ब डलरभन्दा बढी पुगेको थियो । 

अमेजनका कर्मचारीलाई सम्बोधन गरिएको पत्रमा बेजोसले आफू अमेजनका गतिविधिका साथै परोपकारी कार्यहरुमा सक्रिय रुपमा सहभागी हुने बताएका छन्। उनले हाल डे वान फन्ड र बेजोस अर्थ फन्ड नामका दुई परोपकारी अभियान सञ्चालन गरीरहेका छन् । 

हाल ५७ वर्ष पुगेका बेजोसले अमेजन सन् १९९४ मा आफ्नो ग्यारेजबाट शुरु गरेका थिए । हाल अमेरिकामा यस कम्पनीले अनलाइन खुद्रा (रिटेल) व्यवसायमा प्रभाव सिर्जना गरिसकेको छ भने यसले संगीत र टेलिभिजनको स्ट्रिमिङका साथै खाद्य, क्लाउड कम्प्युटिङ, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स र अरु नवीन परियोजनामा काम गरिरहेको छ । 

उनका अन्य व्यवसायहरुमा दी वासिङ्टन पोस्ट अखबार र निजी अन्तरिक्ष संस्था ब्लू ओरिजिन रहेका छन् । अमेजनको प्रमुख कार्यकारीका रुपमा नियुक्त हुन लाग्नु भएका जेस्सीले सन् १९९७ मा मार्केटिङ व्यवस्थापकका रुपमा काम शुरु गरेको थियो । बेजोससन् २००३ देखि अमेजन वेब सर्भिसेजमा कार्यरत छन् । 

बेजोसले जेस्सी बेजोड प्रतिभा र नेतृत्व रहेको बताउँदै उनीमाथि आफ्नो पूर्ण विश्वास रहेको बताए । बेजोसको नेतृत्वमा व्यापक प्रगति गरेको अमेजनको मुख्यालय सियाटल, वासिङ्टनमा रहेको छ र यसले अमेरिकी राजधानी बाहिर दोस्रो मुख्यालय पनि बनाउँदैछ । 

अमेजनको बजार मूल्य मंगलबार झण्डै १६ खर्ब ९० अर्ब डलरको रहेको छ । दश वर्षअघिको तुलनामा यो वृद्धि झण्डै १० गुणा बढी हो ।एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? परराष्ट्रमन्त्री आरजु राणा आज चीन भ्रमणमा जाँदै आजको मौसम: पहाडी तथा तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा बोलाएर हनिट्रयापमा पार्ने गिरोहका तीन जना पक्राउ वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ, ५५ करोड कारोबार दृष्टिविहीन विश्वकप क्रिकेट : पाकिस्तानसँग नेपाल पराजित सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार, रिट खारेज रास्वपा प्रमुख सचेतक परियार र ओलीबीच भेटवार्ता: के-के भयो कुराकानी? रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने तय नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले कार्यभार सम्हाल्दै भने, ‘रोकिएको आईपीओ चाँडै निष्काशन गर्छौं’ पाकिस्तानका सोएब मकसुद एनपीएल खेल्न नआउने भएपछि जनकपुर बोल्ट्सलाई धक्का रास्वपाका प्रमुख सचेतक परियार र प्रधानमन्त्री ओलीबीच भेटवार्ता पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे एनपीएलका लागि क्यानले भित्र्यायो ६ विदेशी कमेन्टेटर, को-को हुन्? दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूको लाइन तत्काल नकाटिने प्रधानमन्त्री ओलीको चीन भ्रमण: यस्तो छ भ्रमण तालिका