२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसविरुद्धको खोप बङ्गलादेशमा पनि शुरु

२०७७, २५ माघ आईतवार ११:३४

माघ २५, काठमाडौँ । बंगलादेशले गत महिनाको अन्तमा दुई दिने परीक्षणस्वरुप कोरोनाको खोप शुरु गरेकोमा आइतबारबाट यो खोप सर्वसाधारणलाई दिन थालेको छ । कोरोना भाइरसविरुद्धको खोप बंगलादेशमा आइतबारदेखि देशव्यापी रुपमा अभियानस्वरुप शुरु भएको बताइएको छ । 

बंगलादेशी स्वास्थ्य मन्त्री जाहिद मालेकले आइतबार बिहान राजधानी ढाकाबाट भिडियो कन्फरेन्सिङगका माध्यमबाट स्वास्थ्यकर्मीहरुलाई सम्बोधन गर्दै विशाल खोप अभियानको उदघाटन गर्नुभएको हो । यस खोप अभियानको राजधानी ढाकामा दर्जनौंसहित देशभरका १ हजार १५ स्वास्थ्य केन्द्रको बन्दोबस्त गरिएको जनाइएको छ । 

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले २८ जनवरीमा ढाकामा परीक्षणस्वरुप यो खोप दिइएको र आइतबारदेखि यस खोप अभियान शुरु भएको हो । यस परीक्षणमा देशका ५२९ जना स्वास्थ्यकर्मीले खोप लिएका थिए । प्रधानमन्त्री शेख हसिनाले संसदमा गर्नुभएको सम्बोधनमा सरकारले प्राथमिकताका आधारमा १ करोड ६९ लाखलाई खोप दिन पर्याप्त व्यवस्था गरेको बताइएको छ ।   बंगलादेशलाई जनवरी २१ मा अक्सफोर्ड र एस्ट्राजेनेकाबाट निर्मित २० लाख खोपको भारतले उपहार दिएको थियो । बगलादेशले भारतको सेरम संस्थानबाट खोपको ५० लाख डोज किनेको छ । उक्त खोप जनवरी २५ मा नै बङ्गलादेश आइपुगेको थियो ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली