Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नवीकरण फेल भएका ट्रेड युनियन आगामी बैशाख १८ गतेसम्म नवीकरण भईसक्नुपर्ने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २, काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले निर्धारित समयमा नवीकरण नगरेका ट्रेड युनियन नवीकरणका लागि सार्वजनिक सूचना प्रकाशित गरेको छ । विभागले आगामी बैशाख १८ गतेसम्म नवीकरणका लागि लाग्ने दस्तुरको थप पचास प्रतिशत दस्तुरसहित पञ्जिकाधिकारीसमक्ष दरखास्त दिन अनुरोध गरेको छ ।

विभागमा दर्ता भई लामो समयसम्म नवीकरण नभएका ट्रेड युनियनहरूको नवीकरण गर्ने गरी सरकारले ट्रेड युनियन (पहिलो संसोधन) नियमावली, २०७७ संशोधन गरेको हो । मन्त्रिपरिषद्को बैठकले ट्रेड युनियन निमावली नियम ९ को ५ बमोजिम संशोधन गर्दै ट्रेड युनियन नवीकरणको बाटो खोलिदिएको हो ।

सरकारले ट्रेड युनियन ऐन २०४९ अनुसार श्रम विभागमा दर्ता भएका संघ/संस्थाहरूलाई नवीकरण गर्न अन्तिम मौका दिने गरी नियमावली संशोधन गरेको हो । नियमावलीमा नवीकरण नभएको मितिसम्म प्रतिवर्ष २ सय ५० रूपैयाँ दस्तुर बुझाएर नवीकरणको लागि पञ्जिकाधिकारीसमक्ष निवेदन दिनु पर्ने व्यवस्था गरिएको छ। संशोधित नियमावलीमा 'अवधि समाप्त भएका ट्रेड युनियनलाई यो नियम प्रारम्भ भएको १५ दिन भित्र पञ्जिकाधिकारीले नविकरण गर्न सूचना दिनु पर्नेछ,' उल्लेख छ।  हाल ४ सय ५० ट्रेड युनियन संघ र १९ वटा ट्रेड युनियन महासंघ विभागमा दर्ता भएका छन् तर दर्ता भएका सबै नवीकरण नभएको विभागले जनाएको छ ।