११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवीकरण फेल भएका ट्रेड युनियन आगामी बैशाख १८ गतेसम्म नवीकरण भईसक्नुपर्ने

२ फाल्गुन २०७७, आईतवार ११:०१

फागुन २, काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले निर्धारित समयमा नवीकरण नगरेका ट्रेड युनियन नवीकरणका लागि सार्वजनिक सूचना प्रकाशित गरेको छ । विभागले आगामी बैशाख १८ गतेसम्म नवीकरणका लागि लाग्ने दस्तुरको थप पचास प्रतिशत दस्तुरसहित पञ्जिकाधिकारीसमक्ष दरखास्त दिन अनुरोध गरेको छ ।

विभागमा दर्ता भई लामो समयसम्म नवीकरण नभएका ट्रेड युनियनहरूको नवीकरण गर्ने गरी सरकारले ट्रेड युनियन (पहिलो संसोधन) नियमावली, २०७७ संशोधन गरेको हो । मन्त्रिपरिषद्को बैठकले ट्रेड युनियन निमावली नियम ९ को ५ बमोजिम संशोधन गर्दै ट्रेड युनियन नवीकरणको बाटो खोलिदिएको हो । 

सरकारले ट्रेड युनियन ऐन २०४९ अनुसार श्रम विभागमा दर्ता भएका संघ/संस्थाहरूलाई नवीकरण गर्न अन्तिम मौका दिने गरी नियमावली संशोधन गरेको हो । नियमावलीमा नवीकरण नभएको मितिसम्म प्रतिवर्ष २ सय ५० रूपैयाँ दस्तुर बुझाएर नवीकरणको लागि पञ्जिकाधिकारीसमक्ष निवेदन दिनु पर्ने व्यवस्था गरिएको छ। संशोधित नियमावलीमा 'अवधि समाप्त भएका ट्रेड युनियनलाई यो नियम प्रारम्भ भएको १५ दिन भित्र पञ्जिकाधिकारीले नविकरण गर्न सूचना दिनु पर्नेछ,' उल्लेख छ।  हाल ४ सय ५० ट्रेड युनियन संघ र १९ वटा ट्रेड युनियन महासंघ विभागमा दर्ता भएका छन् तर दर्ता भएका सबै नवीकरण नभएको विभागले जनाएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह