Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

माेटरसाइकल दुर्घटनामा ग्लोबल आइएमई बैंकका शाखा प्रमुखकाे मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ८, काठमाण्डाै । मोटरसाइकल दुर्घटना परेर पूर्वपश्चिम राजमार्गको मेचीनगर १३ मा रहेकाे झापा​काे चारआलीमा ग्लोबल आईएमई बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ ।

शुक्रवार मे ११ प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते आचार्यको बिर्तामोडमा रहेकाे बीएण्डसी अस्पतालमा उपचारकै क्रममा गएराति ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी मे ११ प ११३१ नम्बरको मोटरसाइकलमा रहेका दुई जना घाइते भएर उपचार भइरहेको छ । दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ ।