पढ्न करिब 1 मिनेट लाग्छ

साउन २३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेससँग बीचमै सरकारको नेतृत्व फेनृ कुनै सहमति नभएको प्रस्ट पारेका छन् ।

कांग्रेस र नेकपा माओवादी केन्द्रबीच ९/९ महिना सरकारको नेतृत्व गर्ने म्यादी सहमति भएको हो भन्ने प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारे नेतृत्व फेर्ने विषयमा कुनै भद्रसहमति नभएको प्रस्ट पारेका छन् ।

उनले सरकारको काम प्रभावकारी हुन नदिनका लागि मात्रै आफू्र नेतृत्वको सरकारको मिति ९ महिना मात्र हुने भनेर प्रचार गरिएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

कांग्रेससँग ९ महिनामा सरकारको नेतृत्व फेर्ने गरी कहीँ पनि समझौता भएको छैन, त्यस्तो मिति पनि तोकिएको छैन, यो त सरकारको काम निष्प्रभावी होस् भनेर गरिएको प्रचार मात्रै हो, प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रममा प्रचण्डको भनाइ थियो ।

आफू नेतृत्वको सरकार पूर्णकाल रहेन भन्दै मिति तोक्ने विष्यमा कोहीसँग पनि सम्झौता नभएको प्रधानमन्त्रीको भनाइ रहेको छ । आफूले गर्नुपर्ने धेरै काम रहेको भन्दै प्रचण्डले समयसीमा तोकर आफू प्रधानमन्त्रीको कुर्सीमा बस्न नआएको प्रस्ट पारे । -  राजधानी दैनिक