१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाही र रौतहट जोड्ने बनेन वाग्मती पुल आठ वर्षसम्म

२८ फाल्गुन २०७७, शुक्रबार ०७:०८

फागुन २८, सर्लाही । सर्लाही र रौतहट जोड्ने वाग्मती नदीको पुलको निर्माण कार्य करीब आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा पनि ठेकेदारको लापर्बाहीका कारण पुल निर्माण कार्य सम्पन्न नभएको हो । 

समयमा पुल नबनेका कारण स्थानीयलाई आवतजावतमा समस्या भएको हजरियाका गोविन्द पोख्रेलको गुनासो छ । सर्लाहीको हजरिया र रौतहटको समनपुर जोड्ने वाग्मती नदीमा निर्माण कार्य शुरु भएको करिब आठ वर्ष बितिसक्दा पनि पुलको निर्माण कार्य सम्पन्न नहुदा स्थानीयले सास्ती खेप्नुपरेको अर्का स्थानीय रवीन्द्र महतोले गुनासो गरेका छन् । 

पूर्व–पश्चिम लोकमार्गबाहेक ४२ किलोमिटर दक्षिण नेपाली सीमासम्म वाग्मती नदीमा पुल नहुँदा स्थानीय सास्ती खेप्न बाध्य छन् । विसं २०६९ असार २६ गते रु ३२ करोड ७६ लाख ११ हजारमा एलाइट कन्स्ट्रक्सन काठमाडौँ जेभीले ६०० मिटर लम्बाइ भएको डबल लेनको पुल बनाउन सम्झौता गरेको थियो । 

सो पुलको तत्कालीन भौतिक योजना तथा पूर्वाधारमन्त्री विमलेन्द्र निधिले शिलान्यास गर्नुभएको थियो । एलाइट कन्स्ट्रक्सनले नेपाल सरकारको पुल डिभिजन महाशाखाबाट सम्झौता भएको करीब ३६ महिनामा पुलको निर्माण कार्य पूरा गर्ने लिखित सम्झौता गरेको थियो तर सम्झौता भएको करीब आठ वर्ष बितिसक्दा पनि पुल निर्माण काम पूरा नहुँदा त्यस भेगका स्थानीयले समस्या झेल्नुपरेको रौतहटको गढीमाई नगरपालिकाका रामपुकार यादवले बताएका छन् । 

निर्माण कम्पनीले कहिले मधेश आन्दोलन, कहिले बाढी त कहिले कोरोना भाइरसलगायतका विभिन्न बहाना बनाई निर्माण कार्य निर्धारित समयभन्दा करीब पाँच वर्ष ढिलाइ गरेको थियो । अझै निर्माण पूरा गर्न दुई वर्ष लाग्ने ठेकेदार कम्पनीले बताएको समनपुरका बासिन्दा जब्बार मियाँले बताएका छन् । 

चारपटक म्याद थप भइसकेको हुँदा अन्तिमपटक विसं २०७८ असार मसान्तसम्म मात्रै म्याद रहेको बताउँदै कछुवा गतिमा भइरहेको निर्माणको अवस्था हेर्दा अझै पुल करीब दुई वर्षमा पनि पुल निर्माण हुने अवस्था नदेखिएको मियाँले  बताएका छन् ।

पत्रकारमाथि आक्रमण

नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका उपाध्यक्ष बख्तियार अलीमाथि आक्रमण भएको छ । बिहीबार साँझ भएको आक्रमणबाट उपाध्यक्ष अलीको शरीरभरि निलडाम तथा चोट लागेको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले जनाएको छ । मलङ्गवा नगरपालिका–१० को आफ्नै घरमा एभिन्युज टेलिभिजन सर्लाही संवाददाता तथा महासङ्घ सर्लाहीका उपाध्यक्ष अलीमाथि सङ्घातिक आक्रमण हुँदा अलीको टाउँकोदेखि खुट्टासम्म चोट लागि गम्भीर घाइते भएका उनको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ । 

उपाध्यक्ष अलीमाथि उनको आफ्नै घर अगाडि मोटरसाइकल रोकी उनका आफ्नै भाइले अन्धाधुन्ध आक्रमण गरेको स्थानीयवासीले बताएका छन् । उपाध्यक्ष अलीले आफूमाथि पटकपटक आक्रमणको प्रयास गरेको बताएका छन् । शारीरिकबाट विभिन्न भागमा दर्जनभन्दा बढी टाँका लगाइएको अलीका परिवारजनले बताएका छन् । उनका कान्छा भाइले आक्रमण गरेको र उनी आपराधिक गतिविधिका रहनुको साथै लागुपदार्थ प्रयोगकर्तासमेत रहेकासमेत रहेका उनको परिवानरले बताएका छन् । दाजुमाथि आक्रमण गरी उनी फरार रहेका अलीका परिवारले बताएका छन् भने उनलाई यथाशीघ्र पक्राउ गरी आवश्यक कारवाही गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीसँग माग पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल