Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

साढे २ किलो युरेनियमसहित चारजना पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन २८, काठमाडौँ । </b>काठमाडौँ महानगरपालिका टुसाल–६ बौद्धबाट दुई किलो ५०० ग्राम युरेनियमसहित चारजना पक्राउ परेका छन् । बिहीबार पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।&nbsp;<br></p><p>निषेधित पदार्थ यूरेनियमसहित रामेछाप लिखु तामाकोशी–५ का नारायणसिंह तामाङ र जानुका तामाङ, रामेछाप बागजोर नगरपालिका–४ का प्रकाश चौहान र सिन्धुपाल्चोक सुनकोशी–४ का मनोज न्यौपानेलाई सार्वजनिक गरी आजै महानगरीय प्रहरी परिसरको हिरासतमा पठाइएको छ ।&nbsp;</p><p>अभियुक्तहरूउपर थप अनुसन्धान एवं कारबाही उक्त परिसरले गर्ने महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।</p>