Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मालपोत कार्यालयमा बम बिष्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियो

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत १, सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम बिष्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चाले लिएको छ । भ्रष्टाचार बिरोधि अभियान अन्तर्गत कारबाही स्वरूप उक्त मालपोत कार्यालयमा बम बिष्फोट गराएको समितिका अध्यक्ष जयकृष्ण गोइत द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार जारी रहे यो भन्दा उच्च स्तरको कारबाही गरिने र त्यसको जिम्मेवार नेपाल सरकारले लिनुपर्ने चेतावनी दिएको छ । 'यसरी भ्रष्टाचार,अपराध जारी नै रहेभने यस भन्दा पनि उच्च स्तरको कारबाही हुने छ,यसबाट उत्पन्न हुने दुष्परिणामको जिम्मवार नेपाल सरकार नै हुनेछ' विज्ञप्तिमा भनिएको छ ।

सो समूहले आइतबार लहानस्थित मालपोत कार्यालयमा अपराह्न बम विस्फोट गराएको थियो । बिष्फोटमा परी एक कर्मचारीसहित आठ जना घाइते भएका छन् ।  घाइतेमध्ये दुई जनाको गम्भीरावस्था छ ।

कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा अचानक अपराह्न १ बजेतिर बम बिस्फोट हँुदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र  लेखापढी व्यववसायी ७८ वर्षीय भोला पाचेमगर घाइते भरका थिए  ।

बमकै छर्रा लागेर सेवाग्राही सिरहा, धनगढीमाई नगरपालिका– १३ निवासी ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका– १६ तरेगाना निवासी ५२ वर्षीय लालबहादुर विक,  भगवानपुर गाउँपालिका– ३ निवासी ५४ वर्षीय बद्रीनारायण यादव, गोलबजार नगरपालिका– ४ निवासी ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार– ६ निवासी ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

घाइतेमध्ये भण्डारी र कर्मचारी यादवको अवस्था गम्भीर रहेकाले उपचारका लागि विराटनगर पठाइएको र बाँकी घाइतेको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए ।

विस्फोटबाट कार्यालयको एउटा कोठामा आगोसमेत लागेको छ । आगो वारुण यन्त्रले तत्कालै नियन्त्रणमा लिएको थियो ।