Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रस्तावित न्यायाधीशद्वयको सुनुवाइ प्रक्रिया शुरु

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ४, काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुुनुुवाइ प्रक्रिया शुुरु गरेको छ । समितिको आजको बैठकले उहाँहरुको संसदीय सुुनुुवाइबारे सर्वसाधारणलाई जानकारी गराउन र त्यस सम्बन्धमा कुनै गुुनासो एवं उजूरी भए समितिलाई जानकारी दिन सरकारी सञ्चारमाध्यममा १० दिने सूूचना प्रकाशन गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुुभयो ।

न्यायाधीश चुुडाल हाल उच्च अदालत पाटन र सुवेदी उच्च अदातल सुुर्खेतमा मुुख्य न्यायाधीश हुुनुुहुुन्छ । न्याय परिषद्को फागुन २८ गतेको बैठकले उहाँहरुलाई सर्वाेच्च अदालतका न्यायाधीशमा नियुुक्तिका लागि सिफारिश गरी संसदीय सुुनुवाइका लागि संसद् सचिवालयलाई जानकारी पठाएको थियो ।

उच्च अदालतमा कार्यरत मुुख्य न्यायाधीशमध्ये न्यायाधीशका लागि आवश्यक सेवावधि, शैक्षिक योग्यता, कार्यसम्पादन, वरिष्ठता, अनुुभव, विषयवस्तुुको ज्ञान, कार्यकुशलता, इमान्दारी, निष्पक्षता र नैतिक आचरण, न्यायिक क्षेत्रमा पुु¥याएको योगदान र प्राप्त ख्यातिका आधारमा तुलनात्मकरुपमा योग्यतम देखिएकालाई सर्वाेच्च अदालतका न्यायाधीशमा सिफारिश गरिएको परिषद्ले जनाएको छ ।

समितिले प्राप्त उजूरीमाथि छानबिन गरी प्रस्तावित न्यायाधीशको संसदीय सुुनुुवाइमार्फत योग्यता, क्षमता, आचरण र भावी कार्यदिशाबारे जानकारी लिएपछि नाम अनुुमोदन गर्ने वा नगर्ने भनी निर्णय लिनेछ ।