१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हनी ट्रयाप’मा फसाउँदै रकम असुलेको आरोपमा २ युवती पक्राउ

५ चैत्र २०७७, बिहीबार १२:३८

चैत ५, काठमाडौं । ‘हनी ट्रयाप’ शैलीमा एक व्यक्तिलाई फसाएर रकम असुलेको आरोपमा दुई युवती पक्राउ परेका छन्। सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० घर भई काठमाडौं घट्टेकुलो बस्ने ललिता भन्ने ३७ वर्षीया लालसरी शाही र सोही ठाउँ घर भई काठमाडौं कपन बस्ने ३७ वर्षीया कल्पना हमाललाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने एक व्यक्तिलाई लालसरीले काठमाडौं सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाई गोप्यरुपमा अश्लिल भिडियो बनाएको प्रहरीले जनाएको छ। त्यसपछि मेसेन्जरमार्फत् उक्त भिडियो पठाई ब्ल्याकमेलिङ गर्दै आइएमइमार्फत् लाखौं रुपैयाँ लिएको पाइएको थियो। उनीहरुलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौंबाटै पक्राउ गरेको हो।

संस्थागत कामको शिलसिलामा लालसरीले चिनजानका ५२ वर्षीय व्यक्तिलाई सुन्धारास्थित होटलमा सबै पैसा हराएको कारण सहयोग गरिदिन अनुरोध गरेका थिए। त्यसपछि भेट्न गएका ती व्यक्तिको समेत गोप्य भिडियो बनाई पैसा नदिए घरपरिवार साथै प्रहरी समेतमा उजुरी दिई फसाइदिने भन्दै पटक पटक गरी ३ लाख २ हजार ५ सय लिइसकेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

लालसरीलाई २०६६ मंसिरमा अपहरण गरी कर्तव्य गरेको घटनामा बाँके जिल्ला अदालतबाट १४ वर्ष जेल सजाय फैसला भएकोमा ७ वर्ष जेल बसी उच्च अदालत बाँकेको फैसलाले २०७४ मंसिर २२ गते १ लाख रुपैयाँ धरौटीमा छुटेको पाइएको छ।

लालसरी र कल्पनाले सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका लेखापाललाई फसाउने नियतले उनीविरुद्ध २०७७ असोज ६ गते जबर्जस्ती करणी मुद्दामा दिएको जाहेरी झुठ्ठा ठहरिएकोले लालसरीउपर जिल्ला अदालत सुर्खेतबाट ३ वर्ष ६ महिना जेल सजाय फैसला भएको थियो। उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल