चैत ८, काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा फेरि बढ्न सक्ने जोखिम रहेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमण छिमेकी मुलुकमा फेरि बढ्दो क्रममा रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्न सक्ने अवस्था रहेकाले सभा,जुलुस,र्याली,भेला,जमघट,गोष्ठी,सेमिनार,बैठक,भिडभाड हुने कार्य नगर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना भाइरसबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन समेत आग्रह गरेको छ ।
हाल कोरोना भाइरस बिरुद्धको खोप नेपालमा समेत प्रयोगमा आएपनि छिमेकि देशहरुमा भने संक्रमण तिब्र रुपमा फैलिएको छ ।
