साउन २४, काठमाडौं–कांग्रेसको भातृ संस्था नेविसंघमा आफू अनुकुल नेतृत्व ल्याउनकै लागि पार्टीका शीर्षस्थ नेताहरुबीच नै आरोप/प्रत्यारोप सुरु भएको छ ।

महाधिवेशनमा भाग लिने प्रतिनिहिरुको बिषयलाई लिएर पार्टीको संस्थापन पक्ष, बरिष्ठ नेता रामचन्द्र पौडे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, काठमाडौं–कांग्रेसको भातृ संस्था नेविसंघमा आफू अनुकुल नेतृत्व ल्याउनकै लागि पार्टीका शीर्षस्थ नेताहरुबीच नै आरोप/प्रत्यारोप सुरु भएको छ ।

महाधिवेशनमा भाग लिने प्रतिनिहिरुको बिषयलाई लिएर पार्टीको संस्थापन पक्ष, बरिष्ठ नेता रामचन्द्र पौडे"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेविसंघ महाधिवेशनमै कांग्रेस शीर्ष नेताहरुबीच आरोप-प्रत्यारोप

२०७३, २४ श्रावण सोमबार ०१:३९

साउन २४, काठमाडौं–कांग्रेसको भातृ संस्था नेविसंघमा आफू अनुकुल नेतृत्व ल्याउनकै लागि पार्टीका शीर्षस्थ नेताहरुबीच नै आरोप/प्रत्यारोप सुरु भएको छ ।

महाधिवेशनमा भाग लिने प्रतिनिहिरुको बिषयलाई लिएर पार्टीको संस्थापन पक्ष, बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीच यस्तो आरोप प्रत्यारोप भएको हो । भृकुटीमण्डपमा आइतबार सुरु भएको संघको एघारौं महाधिवेशनमको उद्घाटन समारोहमै शीर्षस्थ नेताहरुबीच नै आरोप प्रत्यारोप चलेपछि सोमबार बिहानबाट हुने भनिएको बन्दसत्र सुरु हुनेमै आशंका उब्जिएको छ।

महाधिवेशनबाट ६४ जिल्लाको प्रतिनिधि छनोट भएपनि ११ जिल्लामा भागबण्डामा आधारमा मिलाउने प्रयास भएको छ । बन्द सत्रको अघिल्लो दिनसम्म पनि प्रतिनिधि विवाद मिल्न सकेको छैन । सिटौला पक्षले भने ६४ जिल्ला मध्ये अधिकांशमानै संस्थापन र पौडेल पक्षबीच भागबण्डाका आधारमा प्रतिनिधि बाँडिएको भन्दै त्यसलाई सच्याउन माग गरेको छ । सिटौला पक्षीय विद्यार्थी समूह यहि बिषयलाई लिएर आमरण अनसनमा छन् ।

महाधिवशेनको उद्घाटन कार्यक्रम सुचारु हुँदा समेत नेतृत्वले आमरण अनशनमा बसेका विद्यार्थीको आवाजलाई नसुनेको आरोप सिटौला पक्षको छ । साता अघिदेखि आमरण अनशनमा रहेका विद्यार्थीको अवस्था गम्भीर भएपछि शनिवार बिहानदेखि उनीहरुलार्इ अस्पताल भर्ना गरिएको छ ।

पौडेल पक्षले ६४ जिल्लामा विधिसम्मत् रुपमा अधिवेशन सम्पन्न भएको र त्यसलाई ‘उधिनेर’ प्रतिनिधि परिवर्तन गर्न खोजिएको भन्दै आक्रोशित भएको छ । ११ जिल्लामा अधिवेशन नगरेर आफू अनुकल प्रतिनिधि छनोट गर्न थालिएको आशंका समेत गरेका छन् । पार्टीका शीर्षस्थ नेताहरुबीचनै यस्तो आरोप/प्रत्यारोप चलेपछि बन्द सत्र हुने र निर्वाचनबाटै नेतृत्व छनोट हुनेमा आशंका उव्जेको छ । नेविसंघमा अहिले सम्म बनेका १७ अध्यक्षमा १० वटा मात्रै निर्वाचनबाट चुनिएका छन् ।

यसपटक पनि पार्टी नेतृत्वको हस्तक्षेपबाटै निर्वाचन हुन नसक्ने आशंका उद्घाटन सत्रमा अधिकांश नेताहरुले उठाएपछि कांग्रेस सभापति शेरवहादुर देउवाले आफूले कुनै हस्तक्षेप नगर्ने प्रष्टीकरण दिएका छन् । देउवाले चुनाव गराएरै महाधिवशेन सफल पार्न आह्वान समेत गरे। ‘गिभ एण्ड टेकको आधारमा विवादहरु मिलाउने काम गरौं र महाधिवशेन सफल पारौं’ देउवाले भने, ‘महाधिवेशनमा मेरो कुनै हस्तक्षेप हुने छैन । मैले मन नपराएकोले चुनाव जितेपनि मेरै सभापति हुन्छ र उसलाई पहिल्यै म फुलको माला लगाएर स्वागत गर्नेछु । जसले नेविसंघलाई मिलाएर अघि बढ्न सक्छ, त्यहिँ नेता हुन्छ ।’ – कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने