साउन २४, काठमाडौँ | तराईलाई यादै होला, छैन भने याद गर्नुस् त नेपालमा ०७० सालयता प्रध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, काठमाडौँ | तराईलाई यादै होला, छैन भने याद गर्नुस् त नेपालमा ०७० सालयता प्रध"/>
२१ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

नेपाल मामिलामा मोदीसँगै भारतीय राजदूत रेले तोडे रेकर्ड

२४ श्रावण २०७३, सोमबार ०२:०४

साउन २४, काठमाडौँ | तराईलाई यादै होला, छैन भने याद गर्नुस् त नेपालमा ०७० सालयता प्रधानमन्त्री मात्रै तीनपटक परिवर्तन भइसकेका छन् । नेपालमा प्रधानमन्त्री पनि यसरी फेरिरहन्छन् कि नेपाली अरु काम नै नपाएर यसैको खेती गरिरहन्छन् ।

अझै रोचक कुरा त के छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक्लैले तीन वर्षभित्रै नेपालका तीनजना प्रधानमन्त्रीको कार्यकाल भोगिसके । नरेन्द्र मोदीको कार्यकाल लगभग अझै तीन वर्ष (सन् २०१९ अप्रिल) सम्म बाँकी भएकाले मोदीले अझै नेपालका भावी प्रधानमन्त्री कति जनालाई बधाई दिन र स्वागत गर्न भ्याउने हुने ठेगान छैन ।

यही रफ्तारमा नेपाल कुद्ने हो भने मोदीको बाँकी कार्यकालमा आधा दर्जन अझै नेपालका प्रधानमन्त्रीलाई बधाई दिन र स्वागत गर्ने सम्भावना रहेको छ ।

यस्तै नेपालस्थित राजदूतावासहरु मध्ये सबैभन्दा ठूलो, धेरै चर्चामा आइरहने र नेपाली राजनीतिज्ञ, प्रशासनिक निकाय, सुरक्षा निकायका ठूला–साना अधिकृतहरुले समेत आँखा तानीतानी चासो लिने चर्चित राजदूतावास हो– लैजचौरस्थित भारतीय दूतावास ।

यस दूतावासका लागि भारतबाट खटिएर आउने राजदूत, डिसीएम, मन्त्री (रअका प्रमुख), फस्ट सेक्रेटरी, सेक्रेटरी र सुरक्षा निकायका प्रमुख चिफ सेक्रेटरी अफियर्स (डीआईजी)लगायतका कुटनीतिज्ञहरु को नेपालका लायि नियुक्त भए ?

को अवधी पुगेपछि नेपाल छाडेर अन्यत्र जाँदैछन् भन्ने चासो नेपालको राजनीतिक र प्रशासनिक क्षेत्र मात्र होइन उद्योगी–व्यवासयी, आर्थिक र सामाजिक क्षेत्रका कार्यरत व्यक्तिहरुमा पनि हुने गरेको छ ।

यस किसिमको चासो नेपालस्थित चिनियाँ र अमेरिकी दूतावासमार्फत वा अन्य कुनै राजदूतावासमा को कुटनीतिज्ञ नियुक्ति भएर आए कुन कुटनीतिज्ञ अवधि पुगेर गए भन्नेृ जिज्ञासा सरोकारवाला नेपाललाई हुँदेन ।

तर, नेपालको छिमेकी राष्ट्र भारतको नेपालस्थित दूतावासमा सरुवा भएर आएका राजदूत वा महामहिम मध्येका अति भद्र मानिने राजदूत रञ्जित रे ले पहिलो पल्ट नेपालका लागि भारतीय राजदूतहरुको कार्यकालको रेकर्ड तोड्दै नयाँ रेकर्ड पनि राख्न सफल भएका छन् ।

राजदूत रे मात्रै त्यस्ता भारतीय राजदूत हुन् जसले आफ्नो कार्यकालमा दुईवटा राष्ट्रपति –एकजना पुरष र एकजना महिला), चारजना प्रधानमन्त्रीहरु खिलराज रेग्मी, सुशील कोइराला, केपी शर्मा ओली र प्रचण्डसँग साक्षत्कार हुने, काम गर्ने अवसर पाए । – साँघु साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन