साउन २४, काठमाडौँ | तराईलाई यादै होला, छैन भने याद गर्नुस् त नेपालमा ०७० सालयता प्रध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, काठमाडौँ | तराईलाई यादै होला, छैन भने याद गर्नुस् त नेपालमा ०७० सालयता प्रध"/>
२०८२, २१ चैत्र शनिबार
काठमाडौँ - KTM

नेपाल मामिलामा मोदीसँगै भारतीय राजदूत रेले तोडे रेकर्ड

२०७३, २४ श्रावण सोमबार ०२:०४

साउन २४, काठमाडौँ | तराईलाई यादै होला, छैन भने याद गर्नुस् त नेपालमा ०७० सालयता प्रधानमन्त्री मात्रै तीनपटक परिवर्तन भइसकेका छन् । नेपालमा प्रधानमन्त्री पनि यसरी फेरिरहन्छन् कि नेपाली अरु काम नै नपाएर यसैको खेती गरिरहन्छन् ।

अझै रोचक कुरा त के छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक्लैले तीन वर्षभित्रै नेपालका तीनजना प्रधानमन्त्रीको कार्यकाल भोगिसके । नरेन्द्र मोदीको कार्यकाल लगभग अझै तीन वर्ष (सन् २०१९ अप्रिल) सम्म बाँकी भएकाले मोदीले अझै नेपालका भावी प्रधानमन्त्री कति जनालाई बधाई दिन र स्वागत गर्न भ्याउने हुने ठेगान छैन ।

यही रफ्तारमा नेपाल कुद्ने हो भने मोदीको बाँकी कार्यकालमा आधा दर्जन अझै नेपालका प्रधानमन्त्रीलाई बधाई दिन र स्वागत गर्ने सम्भावना रहेको छ ।

यस्तै नेपालस्थित राजदूतावासहरु मध्ये सबैभन्दा ठूलो, धेरै चर्चामा आइरहने र नेपाली राजनीतिज्ञ, प्रशासनिक निकाय, सुरक्षा निकायका ठूला–साना अधिकृतहरुले समेत आँखा तानीतानी चासो लिने चर्चित राजदूतावास हो– लैजचौरस्थित भारतीय दूतावास ।

यस दूतावासका लागि भारतबाट खटिएर आउने राजदूत, डिसीएम, मन्त्री (रअका प्रमुख), फस्ट सेक्रेटरी, सेक्रेटरी र सुरक्षा निकायका प्रमुख चिफ सेक्रेटरी अफियर्स (डीआईजी)लगायतका कुटनीतिज्ञहरु को नेपालका लायि नियुक्त भए ?

को अवधी पुगेपछि नेपाल छाडेर अन्यत्र जाँदैछन् भन्ने चासो नेपालको राजनीतिक र प्रशासनिक क्षेत्र मात्र होइन उद्योगी–व्यवासयी, आर्थिक र सामाजिक क्षेत्रका कार्यरत व्यक्तिहरुमा पनि हुने गरेको छ ।

यस किसिमको चासो नेपालस्थित चिनियाँ र अमेरिकी दूतावासमार्फत वा अन्य कुनै राजदूतावासमा को कुटनीतिज्ञ नियुक्ति भएर आए कुन कुटनीतिज्ञ अवधि पुगेर गए भन्नेृ जिज्ञासा सरोकारवाला नेपाललाई हुँदेन ।

तर, नेपालको छिमेकी राष्ट्र भारतको नेपालस्थित दूतावासमा सरुवा भएर आएका राजदूत वा महामहिम मध्येका अति भद्र मानिने राजदूत रञ्जित रे ले पहिलो पल्ट नेपालका लागि भारतीय राजदूतहरुको कार्यकालको रेकर्ड तोड्दै नयाँ रेकर्ड पनि राख्न सफल भएका छन् ।

राजदूत रे मात्रै त्यस्ता भारतीय राजदूत हुन् जसले आफ्नो कार्यकालमा दुईवटा राष्ट्रपति –एकजना पुरष र एकजना महिला), चारजना प्रधानमन्त्रीहरु खिलराज रेग्मी, सुशील कोइराला, केपी शर्मा ओली र प्रचण्डसँग साक्षत्कार हुने, काम गर्ने अवसर पाए । – साँघु साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने