पढ्न करिब 1 मिनेट लाग्छ

साउन २४, काठमाडौँ । नेपालकी गौरिका सिंह ब्राजिलमा जारी ‘रियो ओलम्पिक’अन्तर्गत पौडीतर्फको १०० मिटर ब्याकस्ट्रोकको अन्तिम १६ बाट बाहिरिएकी छिन् ।

गएराति भएको स्पर्धामा उनी ३१ स्थानमा रहँदै बाहिरिएकी हुन् । विभिन्न देशका ३४ खेलाडीले भाग लिएका यस स्पर्धामा उनीभन्दा तल सामाओ, कोसोभो र केन्याका खेलाडी मात्र रहे ।

प्रतियोगिताकै सबैभन्दा कान्छी खेलाडीको नाम दर्ता गराएकी १३ वर्षीय गौरिकाले १०० मिटर ब्याकस्ट्रोक १ मिनेट ८ दशमलव ४५ मिनेटमा पूरा गरेकी थिइन् ।

करिब छ महिनाअघि भारतमा भएको १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा उनले १ मिनेट ०७ दशमलव ३१ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । तर यो पटक उनी उक्त आफ्नै राष्ट्रिय कीर्तिमान तोड्न १ दशमलव १४ सेकेन्डले चुक्न गइन् । रासस