१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेडियो नेपाल : सात दशकको यात्रा पूरा

२० चैत्र २०७७, शुक्रबार ११:४१

चैत २०, काठमाडौँ । मुलुकको जेठो प्रसारण संस्था रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले आजदेखि सात दशकको लामो यात्रा पूरा गरेको छ । रेडियो नेपाल विसं २००७ चैत २० गते आजैका दिन प्रजातन्त्रको स्थापनाको पहिलो सन्देश बोकेर २५० वाटको सर्टवेभ ट्रान्समिटरबाट प्रसारणाम्भ गरिएको थियो । राजनीतिक परिवर्तनको आरोहअवरोह पार गर्दै झण्डै ५० वर्ष एक छत्र रेडियो सेवा दिए पनि विसं २०५४ मा अन्य एफएम स्टेसन स्थापना भएपछि भने प्रतिष्पर्धात्मक हुनुपर्ने चुनौती थपिएको थियो । 

हाल ६५० भन्दाबढी रेडियोसँग यसले खरो रुपमा प्रतिस्पर्धा गरिरहेको छ । यद्यपि सरकारद्वारा सञ्चालित रेडियो भएकाले कतिपय सीमा होलान् तर आवाजविहीनको आवाज बन्नुपर्नेमा दुई मत छैन । विसं २०७६/७७ को आर्थिक आर्थिक सर्वेक्षणअनुसार हाल रेडियोको पहुँच ८७ प्रतिशत जनातामा पुगिसकेको जानकारी गराउँदै संस्थाका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी रेडियोलाई गुणस्तरीय कार्यक्रम उत्पादन र संस्थागत विकास गर्दै सार्थक लोककल्याणकारी प्रसारण संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ ।

 आफूलाई अन्य प्रसारणसंस्थासँग प्रतिस्पर्धी बनाउनु र समाचार तथा कार्यक्रम गुणस्तर बनाउँदै लैजानुपर्ने टड्कारो आवश्यकता रेडियो नेपाल सामु छ । यद्यपि अझै पनि दूरदराजका जनताका लागि रेडियो नेपाल पर्यायका रुपमा रहेको छ । अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकलाई सम्मान गर्दै मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक तथा अन्य महत्वपूर्ण गतिविधिलाई आम नेपालीबीच पु¥याई राष्ट्रको सार्वभौमसत्ता तथा अखण्डतालाई अक्षुण राख्न सघाउ पु¥याउने खालका रेडियो कार्यक्रम प्रसारण गर्नेलगायत उद्देश्य राखेर रेडियो नेपाल स्थापना भएको रेडियो प्रसार सेवा विकास समिति गठन आदेश २०४१ बाट प्रष्ट हुन्छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ रेडियो नेपाल नयाँ रणनीतिका साथ अघि बढेको र परिपक्क तथा जिम्मेवार बन्दै गइरहेको भए पनि अझै धेरै सुधारात्मक कार्यक्रम ल्याउन जरुरी छ भन्नुहुन्छ । उहाँ जनताको सरोकारका विषयमा समाचार उत्पादन गरिरहँदा मन्त्री वा सरकारले केही प्रश्न गर्ने हो की भनेर नडराइ काम गर्न सुझाव दिनुहुन्छ । 

विसं २०५२ सालमा नेपालमा नै पहिलो एफएम प्रसारण गर्न सफल रेडियो नेपालले चैत दोस्रो हप्तादेखि दोलखाको चरीकोटबाट थप एफएम रिले प्रशारण शुरु गरिसकेको छ । त्यो सँगै हालसम्म रेडियो नेपालका एफएम रिले स्टेशनको सङ्ख्या २४ पुगेको छ । अन्य छ मिडियम वेभ स्टेशन र अनलाइनबाट केन्द्रीय तथा प्रदेशिक  प्रसारण  अलग–अलल सुन्न सकिने व्यवस्था रहेको जनाइएको छ । नेपाल सरकारको मुलुकका सतप्रतिशत भूभागमा रेडियो सेवा पु¥याउने नीति रहेको सन्दर्भमा मुलुककै राष्ट्रिय धरोहरको रुपमा रहेको रेडियोले सोही अनुसारका प्रविधिको विकास, संस्थागत सुधार र गुणस्तरीय कार्यक्रम ल्याउनुपर्ने जरुरी छ । नेपाल सरकारले रेडियो नेपाललाई सार्वजनिक प्रसारण माध्याममा रुपान्तरण गर्ने नीतिसमेत लिएकाले यसले तिब्रत्तर रुपमा आमूल परिवर्तन गर्नुपर्ने देखिएको छ । 

सिंहदरबारमा आज आयोजित भव्य समारोहबीच स्थापनाको ७१औँ वार्षिकोत्सव मनाउँदै गर्दा रेडियो नेपालको गरिमा जोगाइराख्ने सन्दर्भमा भने सहभागिबाट चिन्ता र चासो व्यक्त भएको थियो । उक्त समारोहमा मन्त्री गुरुङले हिमालको फेददेखि तराईको फाँटसम्म तथा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म प्रजातन्त्रको पहिलो सन्देश दिन सफल भएको रेडियो नेपालको गरीमा जोगाइराख्न जरुरी रहेको बताउनुभयो । रेडियो नेपालले अहिले अस्वस्थ प्रतिष्पर्धा गरिरहनु परेको सन्दर्भ जोड्दै मन्त्री गुरुङले यो परिस्थितिबाट रेडियो नेपाललाई प्रतिष्पर्धी बनाउन आग्रह गर्नुभयो । 

विज्ञ तथा प्राविधिक जनशक्तिसँग सुझाव लिएर छुट्टै कर्यायोजनाका साथ र आमूल परिवर्तन गर्दै अघि बढ्न सञ्चालकहरुलाई उहाँले आग्रह गर्नुभयो । उहाँले रेडियो नेपालको सुधारका लागि मन्त्रालय हरदम तयार रहेकासमेत बताउनुभयो । मन्त्री गुरुङले भन्नुभयो, “रेडियो नेपाललाई सुदृढ बनाउने, सङ्गठनको संरचनालाई परिवर्तन गर्ने र व्यवस्स्थापन तथा कार्यक्रम उत्पादनलाई अनुसन्धान मुलक बनाउने, सबै भाषाभाषी जातजाति र नेपाली संस्कृति, सभ्यता झल्कने सकारात्मक सन्देशमूलक समाचार निर्माणमा पुनःसंरचना गर्न जरुरी छ ।”

उहाँले सरकारी आमसञ्चार क्षेत्र (नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र र रेडियो नेपाल) सबैलाई अब्बल बनाउने कुरामा सरकार दृढ रहेको बताउनुभयो । मन्त्री वा सरकार फेरिँदा रेडियो नेपाललगायत सरकारी मिडियाको संरचना, समाचार र कार्यक्रम उत्पादनको आचारसंहिता र कार्यविधि नफेरि स्थापित हैसियत राख्ने गरी स्थायी संरचना र सोच निर्माण हुनुपर्नेमा जोड दिनुभयो । 

मन्त्रालय मातहतका नेपाल टेलिकम, नेपाल टेलिभिजनलगायतले सुधारका लागि  विभन्नि कार्ययोजना र कार्यशाला शुरु गरिसकेको जानकारी गराउँदै उहाँले  रेडियो नेपाल, गोरखापत्र राससले पनि परिवर्तित परिस्थितिमा आफ्ना कार्यक्रम अघि बढाइ गुणस्तर र प्रतिष्पर्धी बनाउन आग्रह गर्नुभयो । “जसले अघि नबढाइ जागिरका निम्ति जागिर खाइरहनु हुन्छ, रचनात्मक र इनोभिटिभ रिस्टक्चर गर्न सक्दैन भने आलोचना मात्रै बेहोरेर बस्नुभन्दा इमान्दार रुपमा राजिनामा गरेर विदा हुँदा राम्रो हुन्छ”, मन्त्री गुरुङले भन्नुभयो । त्यस्ता व्यक्ति आफू पनि डुब्ने र संस्थालाई पनि डुबाउने उहाँको भनाइ थियो । डिजिटल नेपालको अबधारणानुसार समृद्ध नेपाल निर्माणमा मन्त्रालयको भूमिका के रहन्छ भनेर अहिले छलफल चलाएको र प्रदेशस्तरीय सांसदसँग अन्तरक्रिया शुरु गरेको उहाँले जानकारी गराउनुभयो । 

 आफ्नै पार्टीका नेताबाट सरकारको आलोचना आइरहेको राजनीतिक प्रसङ्ग कोट्याउँदै मन्त्री गुरुङले सरकारले गरेका कामबाट त्यो आलोचना चिरिएको जिकिर गर्नुभयो । उहाँले स्थायी सरकारले नै मुलुकको विकास गर्न सक्छ भन्ने कुरा अहिलेका उपलब्धिबाट थाहा पाउन सकिने जानकारी गराउनुभयो । उहाँले मुलुक अहिले सही ढङ्गले अघि बढेकोसमेत जिकिर लिनुभयो । 

समारोहमा मन्त्रालयका सचिव तथा रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष हरिप्रसाद बस्यालले मुलुकको जेठो प्रसारण संस्था रेडियो नेपालले आफूलाई प्रतिष्पर्धी बनाउँदै राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा समेत सेवा विस्तार गर्नु पर्नेमा जोड दिनुभयो । उहाँल्ले विषम परिस्थितिमा पनि रेडियो नेपालले नियमित रुपमा समाचार तथा सूचना प्रसारण गरेर मुलुकलाई महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रशंसा गर्नुभयो । वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधान र जनवादी गायक जीवन शर्मालाई  जनही रु ५१ हजार नगदसहित ‘रेडियो नेपाल राष्ट्रिय श्रष्टा सम्मान’ प्रदान गरिएको थियो । समारोहमा दीर्घ सेवा पदकसहित उत्कृष्ट पत्रकार तथा कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल