पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>चैत २३, काठमाडौँ ।</b> नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका भाइरसका कारण ४ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको संख्या ३ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।<br></p><p>सोहि अवधिमा देशभरका प्रयोगशालामा ४५३६ पिसिआर परिक्षण गर्दा २६६ जनामा कोरोना पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार २१० पुगेको मन्त्रालयले जनाएको छ ।</p><p>पछिल्लो २४ घन्टामा १०२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ३४२ पुगेको मन्त्रालयको तथ्यांक छ। हाल नेपालमा १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित रहेका छन्। </p>

