२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकाले भन्यो,रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्नू

२०७७, २५ चैत्र बुधबार १३:३१

चैत २५, काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न/गराउन आग्रह गरेको छ । बुधबार मन्त्रलायले सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम बढेको भन्दै रात्रिकालीन व्यवसाय बन्द गराउन अनुरोध गरेको हो।

मन्त्रालयले बुधबार १० बुँदे सूचना जारी गर्दै रात्रिकालीन व्यवसायहरू रेष्टुरेष्ट, होटल लगायत बन्द गर्न भनेको छ । त्यस्तै, मन्त्रालयले ठूला सहरमा ५ सय भन्दा बढी  र साना सहरमा १ सयभन्दा बढी सक्रिय सङ्क्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न समेत आग्रह गरेको छ ।

घरबाहिर जाँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्न मन्त्रालयले भनेको  छ।

यस्तो छ स्वास्थ्य मन्त्रालयले जारी गरेको १० बुँदे सूचना: 

१)हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भैरहको निगरानीमा काठमाडौं, पोखरा लगायतका ठूला सहरहरूमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेकोले सम्पूर्ण शैक्षिक संस्थाहरूमा संक्रमणको उच्च सतर्कता अपनाउनुहुन सरोकारवाला सबैमा अनुरोध छ ।

२) जोखिम बढेका ठूला सहरहरूमा सार्वजनिक यातायातमा यात्रा गर्ने वा भीडभाड कम गर्ने र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अनिवार्य पालना गर्ने गराउने व्यवस्था गर्नु गराउनुहुन सरोकारवाला सबैमा अनुरोध छ।

३) बढी भीडभाड र जोखिम बढ्न सक्ने स्थानहरू जस्तै सपिङ-मल, नाचघर, सिनेमाहल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिंग पुल लगायतका क्षेत्र, मन्दिर लगायत धार्मिक स्थानहरू हालको परिस्थितिलाई मध्यनजर गर्दै जनस्वास्थ्यका मापदण्डहरू अति कडाइका साथ पालना गरेर मात्रै सञ्चालन गर्ने गराउने व्यवस्था गर्नु गराउनुहुन सरोकारवाला सबैमा अनुरोध छ।

४) विदेशबाट फर्केपछि घरमा क्वारेन्टाइनमा रहेका र संक्रमित भएर घरमै आइसोलेसनमा रहेकाले तोकिएका मापदण्डहरू पालना गर्न प्रेरित गर्ने र आवश्यक निगरानीलाई व्यवस्थित र कडाइ गर्न गराउनु हुन स्थानीय तह र स्थानीय प्रशासनहरूलाई अनुरोध छ।

५)कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा केस इन्भेष्टिगेसनका लागि एन्टिजेन तथा आवश्यकता अनुसार पिसिआर परीक्षण बढाउनका लागि सम्बधित स्वास्थ्य कार्यालयहरू तथा स्थानीय तहहरूलाई अनुरोध छ।

६) सबै जिल्ला प्रशासन कार्यालयलाई संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गर्नुहुन अनुरोध छ।

७) रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरू राति ९ बजेपछि कडाइका साथ बन्द गर्न गराउन अनुरोध छ।

८) संक्रमणको अवस्था हेरी ठूला सहरहरूमा ५०० भन्दा बढी र साना सहरहरूमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनलाई कडाइका साथ गर्न गराउनु हुन अनुरोध छ।

९) विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरूको संख्या सम्बन्धमा वा क्वारेन्टाइन अवधि वेभ  गर्ने सम्बन्धमा (जस्तो कि संक्रमणको यो जोखिमकाबिच तीन देशीय क्रिकेट म्याच आयोजना स्वीकृति तथा संचालनका सम्बन्धमा) र अब आइन्दा कोभिड संकटको बढ्दो जोखिमलाई मध्यनजर गर्दै कडाइका साथ निर्णय लिन तथा कार्यान्वयन गर्न गराउन समन्वय गर्नु गराउनुहुन सरोकारवाला निकायहरूसँग अनुरोध छ।

१०) संक्रमणको बढी जोखिम हुन् सक्ने स्थानहरूमा र्‍यानडम एन्टिजेन परीक्षण बढाउन स्थानीय तहहरूलाई समन्वय गरी व्यवस्थापन गरिदिनुहुन अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन