पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>चैत ३१, काठमाडौँ ।</b> नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । </p><p>देशभरका प्रयोगशालमा गरिएको पिसिआर परिक्षणमा ४६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५३ जना कोरोना संक्रमण मुक्त भएका छन् । </p><p>योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या २ लाख ७४ हजार ३ सय १८ जना रहेको छ । पछिल्लो २४ घन्टामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ । </p><p>यस्तै हालसम्म मृतकको कुल संख्या ३ हजार ५८ पुगेको छ भने आइसोलेशनमा रहनेको संख्या ३ हजार ६०८ पुगेको मन्त्रालयको तथ्यांक छ ।</p>

