पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख ३, काठमाडौँ । काठमाडौँ उपत्यकामा खराब मौसमका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । शुक्रबार आएको हावाहुरी र चट्याङ्गका कारण विदेशबाट ४ वटा जहाज भारत डाइभर्ट गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार साउदीको दमामबाट आएको हिमालय एयरलाइन्सलाई भारतको वनारस डाइभर्ट गरिएको छ । दिल्लीबाट आएको एयर इण्डियाको जहाजलाई पनि वनारस डाइभर्ट गरिएको छ ।

त्यस्तै दोहाबाट आएको कतार एयरवेजको जहाजलाई कोलकाता,दिल्लीबाट आएको नेपाल एयरलाइन्सको दिल्ली डाइभर्ट गरिएको विमानस्थलले जनाएको छ । विमानस्थलका अनुसार आन्तरितकतर्फ ७ वटा जहाज डाइभर्ट गरिएको छ । ६ वटा बुद्ध एयरका जहाज र एउटा यति एयरको जहाज डाइभर्ट गरी सम्बन्धित गन्तव्यमै पठाइएको हो ।

अहिले काठमाडौंको मौसममा सुधार आएको विमानस्थलले जनाएको छ ।