२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुद्रमती किनारको एक रोपनी आठ आना सार्वजनिक जग्गा अतिक्रमण

२०७८, ५ बैशाख आईतवार ०७:१५

वैशाख ५, काठमाडौँ । काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित रुद्रमती नदी उकासको एक रोपनी आठ आना एक पैसा तीन दाम सार्वजनिक जग्गा अतिक्रमण भएको छ ।

कित्ता नं. २७ र १८ को यो जग्गा सरकारका पूर्वसहसचिव सुरज डोटेलले श्रीमती रेखा डोटेलको नाममा टहरा बनाएर भाडामा लगाई अतिक्रमण गरेको काठमाडौँ महानगरपालिका–११ कार्यालयले जनाएको छ । सरकारी जग्गा हडप्ने डोटेललाई जग्गा खाली गर्न र भाडामा राखेको मान्छे अन्यत्र सार्न वडा कार्यलयबाट पत्राचार गरी प्रक्रिया अघि बढाइएको वडाअध्यक्ष हीरालाल तण्डुकारले राससलाई जानकारी दिनुभयो ।

मालपोत र नापी कार्यालयबाट दुवै कित्ताका सार्वजनिक जग्गाको निस्सा प्रमाण लिएर चालु आर्थिक वर्षमै उद्यान निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । एक हप्ताभित्र जग्गा खाली गर्न जनप्रतिनिधिले समयसीमा दिएको कार्यालय जनाएको छ । सोही क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ एक हप्ताभित्र अतिक्रमित सार्वजनिक जग्गा नछोडे आफ्नो नेतृत्वमा डोजर प्रयोग गरेर खाली गराउने बताउनुहुन्छ । सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध सबै जनप्रतिनिधि र स्थानीयवासी एक हुनुपर्नेमा जोड दिइएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं १ अन्तर्गतका सार्वजनिक जग्गा अतिक्रमण विरुद्ध अभियान चलाएर खाली गराउन लागिएको उहाँले बताउनुभयो । अन्यत्र पनि यसरी जग्गा अतिक्रमण गरेको जानकारी गराउन प्रदेशसभा सदस्य श्रेष्ठले स्थानीयवासीमा आह्वान गर्नुभएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली