वैशाख ६, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १ हजार २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा १ हजार २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २ लाख ८५ हजार ९ सय पगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घन्टामा २ सय ५५ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार यो सहित नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या २ लाख ७५ हजार ५ सय ५५ जना पुगेका छन् ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ५४ पुगेको मन्त्रालयको तथ्यांक छ । नेपालमा पछिल्लो समय कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या ३ हजार ९१ पुगेको छ ।