१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जाने व्यक्तिबाट ९ हजार लिएर नक्कली पिसिआर रिपोर्ट !

८ बैशाख २०७८, बुधबार ०७:१६

वैशाख ८, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुबाट ९ हजार रुपैंया असुलेर नक्कली पिसिआर रिपोर्ट बनाउने एक ल्याबमा प्रहरीले छापामारेको छ । मंगलबार काठमाडौँको सिनामंगल स्थित सूर्या हेल्थकेयर प्रा.लिमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले छापामारेको हो । 


वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागी आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोके भन्दा अत्याधिक रकम लिई स्वाबको नमुना समेत नलिई एक-दुई घन्टा भित्रमा नै नक्कली पिसिआर रिपोर्ट दिने गरेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको हो ।

प्रहरीले सूर्या हेल्थकेयर प्रा.लिबाट जारी भएका स्वाब संकलन तथा परीक्षण नै नगरी पिसिआर रिपोर्ट नेगेटिभ उल्लेख भएका ४ थान नक्कली परीक्षण रिपोर्ट,व्यवस्थापन प्रमुख खेलानन्द प्रसाद सिंह सहित ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा गौरादह स्थायी घरभएका ४५ वर्षीय प्रकाश रायमाझी भन्ने चित्र ब.रायमाझी,सप्तरी राजबिराजका ३२ वर्षीय प्रमोद कुमार यादव,महोत्तरी गौशालाका प्रदिप कुमार गिरी,महोत्तरी सोनामका अमन कुमार यादव रहेको प्रहरीले जनाएको छ ।

यस्तै मोरङ बिराटनगरका वजेश पोख्रेल,महोतरी गौसालाका बादल मिरिङ छिङ, दोलखा बैतेश्वरीका सरोज क्षेत्री र सप्तरी मध्यपुराका डा.खेलानन्द प्रसाद सिंह रहेका छन् । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रा.लि.का ऐजेन्टहरुले सेवाग्राहीसंग पिसिआर परिक्षण शुल्क प्रतिव्यक्ति ९ हजार लई सूर्या हेल्थकेयर प्रा.लि.संगको मिलेमतोमा बिना स्वाब परीक्षण नै नक्कली रिपोर्ट बनाई दिने गरेको पाइएको हो ।

प्रहरीका अनुसार कम्प्यूटर लगायतका उपकरण समेत नियन्त्रणमा लिईएको छ । उनीहरु माथि थप अनुसन्धानको लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु प्रतिनिधिको रोहबारमा सूर्या हेल्थकेयर प्रा.लिको सेवा हाल लाई बन्द गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी