२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीमा एकताको सम्भावना क्षीण हुँदै : वरिष्ठ नेता नेपाल

२०७८, १० बैशाख शुक्रबार ०७:१२

वैशाख १०, जनकपुर । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताउनुभएको छ । सो पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा चढ्नुभएको कारण एकता क्षीण हुँदै गएको स्पष्ट गर्नुभयो । 

पार्टी गम्भीर सङ्कटको चरणबाट गुर्जी रहेको छ भन्दै उहाँले सङ्कटको सिर्जनकार पार्टी अध्यक्ष भएको आरोप लगाउनुभयो । उहाँले आफूसँगको कुराकानीमा आफू समाधानको बाटो अपनाउन आग्रह गरेकामो पार्टी अध्यक्षले पार्टी एकता सुन्ने नचाहेकाले पार्टी, लोकतन्त्र, संविधान, सङ्घीयता, विधि र प्रक्रिया धरापमा परेको धारणा राख्नुभयो । 

वरिष्ठ नेता नेपालले पार्टी अध्यक्षले आफूलाई कारवाही गरेकोबारे विचार गर्न सकिने छ भनी जाली कुरा मात्र गरेको भन्दै २७ जना प्रतिनिधिसभा सदस्यसँग माग गरिएको स्पष्टीकरण औचित्यहीन छ भन्नुभयो। प्रावधानअनुसार पार्टी अध्यक्षलाई २७ संसद्को पद खोस्ने कुनै आधार नरहेको स्पष्ट गर्दे उहाँले आफूहरूको मूल घर नेकपा ( एमाले) नै हो, पार्टी अध्यक्षको दम्भ धरहराभन्दा माथि चढिसकेका कारण अध्यक्षले सुधार गर्नुपर्दछ भन्नुभयो । 

उहाँले पार्टी अध्यक्ष आफूलाई सर्वज्ञानी ठान्ने गरेका कारण सबैतिर त्राहिमामको अवस्था उत्पन्न भई पाटीको गतिविधि कागजमा सीमित हुन पुगेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा