Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज परीक्षण गरिएका मध्ये ३० प्रतिशत कोरोना संक्रमित

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p>वैशाख ११, काठमाडौँ | देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ६१९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।&nbsp; स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ६६८&nbsp; जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । जुन कुल परीक्षणको ३० प्रतिशत हो । जसमा सात हजार ५२५ जनाको पिसिआर र एक हजार १४३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः दुई हजार ४८६ र १३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।</p><p>आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८६ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ३६८ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार १२३ रहेको छ । निको हुने दर भने ९३ दशमलब तीन प्रतिशत रहेको छ ।</p><p>अहिले देशभर १६ हजार ८२८ सक्रिय सङ्क्रमित छन् । उनीहरूमध्ये ७१ क्वारेन्टिनमा रहेका छन् । अन्य&nbsp; आइसोलेसनमा रहेका छन् ।&nbsp; हालसम्म नेपालमा २३&nbsp; लाख ९५&nbsp; हजार ७२५ को पिसिआर परीक्षण भएको छ । त्यस्तै&nbsp; कोरोनाका कारण १४ जनाको मृत्यु&nbsp; पुष्टि भएको छ । हालसम्मा तीन हजार १३६&nbsp; जनाले&nbsp; कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा ६४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।</p><p>यस्तै बाँकेका ३५२, रुपन्देहीका २६८, दाङका १७२ र ललितपुरका १४१ जनामा सङ्क्रमण देखिएको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुरका साथै पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० नाघिसकेको छ ।&nbsp;</p>