बैशाख १२, काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।
काठमाडौं , भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने शान्ति, सुरक्षा र मुद्दाबाहेकका सेवा साेमवार (भोलि) देखि बन्द गर्ने निर्णय गरेको हो ।
यस्तै मालपोत, यातायात लगायत भिडभाड हुने कार्यालयमा पनि आलोपालो गरी समय बढाएर कम भिड हुने गरी सेवा प्रदान गर्ने निर्णय भएको छ । नागरिकता बनाउने, नागरिकताको प्रतिलिपी बनाउने, राहदानी बनाउने, दर्ता तथा नवीकरणलगायतको काम एक हप्तालाई बन्द भएको छ ।
