२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलद्वारा कोरोनाविरुद्धको खोप बनाउन सुरु

२०७८, १६ बैशाख बिहीबार १६:१३

बैशाख १६, साओ पाउलो (रासस/एएनआई/सिन्ह्वा) । कोरोनाभाइरसको महामारीबाट अति प्रभावित देश ब्राजिलले कोरोनाभाइरस विरुद्धको खोप आफै बनाउन थालेको छ । 

साओ पाउलोमा रहेको बुतान्तान संस्थाले बुतानभ्याक नाम खोप बुधबारदेखि उत्पादन सुरु गरेको अधिकारीहरूले जनाएका छन् ।

ब्राजिलको सरकारद्वारा सञ्चालित सो संस्थाले पहिलो पटक कोरोनाभाइरस विरुद्धको खोप उत्पादन सुरु गरेको राज्य गर्भनर जोयो डोरियाले जानकारी दिनुभयो । 

“ब्राजिलमा उत्पादन गर्न लागिएको कोरोनाभाइरस विरुद्धको यो पहिलो खोप हो, यो खोप बनाउनका लागि कुनै कच्चा पदार्थ आयात पनि गरिएको छैन,” उहाँले भन्नुभयो । 

संस्थाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गर्भनर डोरियाले खोप उत्पादनका लागि सवै लगानी सरकारले नै गरेको पनि स्पष्ट पार्नुभयो ।

आगामी जुलाई मध्यसम्ममा पहिलो चरणमा एक करोड ८० लाख मात्रा खोप उत्पादन गर्ने विश्वास उहाँले गर्नुभयो ।सरकारी निकायले नै खोप उत्पादन गर्न सुरु गरिसकेको भएपनि ब्राजिलको स्वास्थ्य नियमक निकायले भने यसलाई प्रयोगका लागि अनुमती दिइसकेको छैन । 

बुतानभ्याक नामक कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न थालेको संस्थाले चिनियाँ खोप कोरोनाभ्याक भने यसअघि नै उत्पादन गर्दै आएको थियो । कोरोनाभ्याक गत जनवरी १७ देखि नै उत्पादन गरिदै आएको हो । 

कोरोनाभाइरस विरुद्धको खोप अभियान अन्तर्गत नै ब्राजिलमा सो खोपको उत्पादन सुरु गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । 

“ब्राजिलले नै उत्पादन गर्न थालेको खोप जुलाईको मध्यसम्ममा प्रयोगका लागि तयारी अवस्थामा हुने अपेक्षा गरिएको छ, जति सक्दो चाँडो गर्ने अधिकारीहरूले प्रयास गरिरहेका छन्,” गर्भनर डोरियाले भन्नुभयो ।   

यस बर्षको अन्त्यसम्ममा बुतानभ्याक १० करोडदेखि १५ करोड मात्रा उत्पादन गर्ने उहाँले बताउनुभयो । 

महामारीको प्रभाव र आवश्यकताको मर्मलाई ध्यान दिदै उत्पादन कार्य र त्यससँग सम्वन्धित प्रक्रियाहरु छिटो छिटो गराइएको पनि उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै