साउन २६, गोरखा | बिरामी सुत्केरीलाई उपचारका लागि काठमाडौं लैजान चार्टर्ड गरिएको हेलि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, गोरखा | बिरामी सुत्केरीलाई उपचारका लागि काठमाडौं लैजान चार्टर्ड गरिएको हेलि"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

२० हजारको उपचार गर्न डेढ लाख भाडा

२६ श्रावण २०७३, बुधबार ००:४१

साउन २६, गोरखा | बिरामी सुत्केरीलाई उपचारका लागि काठमाडौं लैजान चार्टर्ड गरिएको हेलिकोप्टर सोमबार दुर्घटना हुँदा सिर्दिबास २ का पाँचसहित सातजनाको मृत्यु भयो । बिरामीले उपचार पाउन त पर, सातजनाले व्यर्थै जीवन गुमाउनु पर्यो । 

तीन दिनअघि गत शुक्रवार सिर्दिबास ९ न्याकका लक्षेन्द्र गुरुङ र फूलमाया गुरुङलाई एक लाख ३० हजार खर्च गरेर हेलिकोप्टर चार्टर्ड गरी काठमाडौं लगियो। उनीहरुको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यसभन्दा केही दिनअघि सोही गाउँका दुई महिलालाई हेलिकोप्टर  चार्टर्ड गरी त्रिवि शिक्षण अस्पताल पुर्याइयो ।

१५ दिन काठमाडौंमा उपचार गर्दा २० हजार रुपैयाँ खर्च भएको बिरामीको हेरचाह गर्दै आएकी कुमारी गुरुङले बताइन् । त्यसभन्दा केही दिनअघि ल्हो गाविसका दुईजना घाइतेलाई पनि एक लाख ७० हजार रुपैयाँ भाडा तिथरेर हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । केही दिनको उपचारपछि उनीहरु घर फर्किसकेका छन् । 

सुत्केरी हुँदा हातले सालनाल झिकेका कारण इन्फेक्सन भएर सिकिस्त भएकी बिही २ की पासाङ साङ्मोलाई उपचार गर्ने हेलिकोप्टर चार्टर्ड गरी काठमाडौं लगियो ।

एक लाख ४० हजार रुपैयाँ हेलिकोप्टर खर्च गरी प्रसूतिगृह पुर्याइएकी पासाङ निशुल्क उपचार गरेर घर फर्किइन् । न्याकमा अहिले पाँचजना बिरामी छन् । हेलिकोप्टर खर्च नपाएर उनीहरु मर्ने बाँच्ने दोसाँधमा थला परिरहेको स्थानीय देशमाया गुरुङले बताइन् । – अन्नपूर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार