साउन २६, काठमाडौं | एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका मन्त्रीहरूले जिल्ला भ्रमणमा दुई करोड ३५ लाख ५९ हजार द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, काठमाडौं | एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका मन्त्रीहरूले जिल्ला भ्रमणमा दुई करोड ३५ लाख ५९ हजार द"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

निवर्तमान मन्त्रीहरुमध्ये सबैभन्दा कम खर्च गर्ने स्वास्थ्यमन्त्री आलम

२६ श्रावण २०७३, बुधबार ०१:२४

साउन २६, काठमाडौं | एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका मन्त्रीहरूले जिल्ला भ्रमणमा दुई करोड ३५ लाख ५९ हजार दुई सय ७५ रुपैयाँ खर्च गरेका छन्। ४१ जना मन्त्रीले नौ महिनाको अवधिमा जिल्ला भ्रमण गर्दा रकम खर्च गरेका हुन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

मन्त्रिपरिषद् कार्यालयका अनुसार भ्रमणमा सबैभन्दा बढी निवर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले खर्च गरेका छन्। उनले १५ लाख ४८ हजार दुई सय ७० खर्च गरेको प्रधानमन्त्री कार्यालयका सूचना अधिकारी चिरञ्जीवी पौडेलले बताए। सबैभन्दा कम स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमले गरेका छन्। उनले ४५ हजार पाँच सय ५० मात्र खर्च गरेका छन्। 

मन्त्रीले जिल्ला भ्रमण जाँदा दैनिक तीन हजार रुपैयाँ भ्रमण भत्ता पाउँछन्। हवाईजहाजबाट यात्रा गरेको भए आवत–जावत टिकट खर्च पाउने व्यवस्था छ । मन्त्रीको टिममा रहेका व्यक्तिले पदअनुसार भ्रमण भत्ता पाउने कानुनी व्यवस्था छ। 

के छ सरकारी व्यवस्था? 

मन्त्रीहरूको भ्रमण कार्यविधिमा भ्रमण टोली सानो हुनुपर्ने व्यवस्था छ। भ्रमण दलमा एक सुरक्षाकर्मी, स्वकीय सचिवालय र मन्त्रालयका तर्फबाट एक–एक गरी बढीमा तीनजनासम्मका लागि सरकारले खर्च व्यहोर्छ।

जिल्ला भ्रमण गर्नुपूर्व प्रधानमन्त्रीबाट स्वीकृति लिने र भ्रमण मितव्ययी हुनुपर्ने व्यवस्था छ। एक जिल्लामा दुई दिनभन्दा बढी नबस्ने, उपलब्ध भएसम्म सरकारी गेस्टहाउसमा बस्नुपर्ने व्यवस्था कार्यविधिमा छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार