साउन २६, काठमाडौं | एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका मन्त्रीहरूले जिल्ला भ्रमणमा दुई करोड ३५ लाख ५९ हजार द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, काठमाडौं | एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका मन्त्रीहरूले जिल्ला भ्रमणमा दुई करोड ३५ लाख ५९ हजार द"/>
२०८२, २१ चैत्र शनिबार
काठमाडौँ - KTM

निवर्तमान मन्त्रीहरुमध्ये सबैभन्दा कम खर्च गर्ने स्वास्थ्यमन्त्री आलम

२०७३, २६ श्रावण बुधबार ०१:२४

साउन २६, काठमाडौं | एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका मन्त्रीहरूले जिल्ला भ्रमणमा दुई करोड ३५ लाख ५९ हजार दुई सय ७५ रुपैयाँ खर्च गरेका छन्। ४१ जना मन्त्रीले नौ महिनाको अवधिमा जिल्ला भ्रमण गर्दा रकम खर्च गरेका हुन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

मन्त्रिपरिषद् कार्यालयका अनुसार भ्रमणमा सबैभन्दा बढी निवर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले खर्च गरेका छन्। उनले १५ लाख ४८ हजार दुई सय ७० खर्च गरेको प्रधानमन्त्री कार्यालयका सूचना अधिकारी चिरञ्जीवी पौडेलले बताए। सबैभन्दा कम स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमले गरेका छन्। उनले ४५ हजार पाँच सय ५० मात्र खर्च गरेका छन्। 

मन्त्रीले जिल्ला भ्रमण जाँदा दैनिक तीन हजार रुपैयाँ भ्रमण भत्ता पाउँछन्। हवाईजहाजबाट यात्रा गरेको भए आवत–जावत टिकट खर्च पाउने व्यवस्था छ । मन्त्रीको टिममा रहेका व्यक्तिले पदअनुसार भ्रमण भत्ता पाउने कानुनी व्यवस्था छ। 

के छ सरकारी व्यवस्था? 

मन्त्रीहरूको भ्रमण कार्यविधिमा भ्रमण टोली सानो हुनुपर्ने व्यवस्था छ। भ्रमण दलमा एक सुरक्षाकर्मी, स्वकीय सचिवालय र मन्त्रालयका तर्फबाट एक–एक गरी बढीमा तीनजनासम्मका लागि सरकारले खर्च व्यहोर्छ।

जिल्ला भ्रमण गर्नुपूर्व प्रधानमन्त्रीबाट स्वीकृति लिने र भ्रमण मितव्ययी हुनुपर्ने व्यवस्था छ। एक जिल्लामा दुई दिनभन्दा बढी नबस्ने, उपलब्ध भएसम्म सरकारी गेस्टहाउसमा बस्नुपर्ने व्यवस्था कार्यविधिमा छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने