२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज ५ हजार ७२७ जना कोरोना सङ्क्रमित थपिए, कुन जिल्लामा कति ? (विवरण सहित)

२०७८, १७ बैशाख शुक्रबार १२:१०

वैशाख १७, काठमाडौं | पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार तीन सय ९१ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ६ सय ५७ जना र पाँच सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जना गरी पाँच हजार सात सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २ हजार ४ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै मोरङमा १६१, पर्सामा १५३, नवलपरासी पूर्वमा ३६, रुपन्देहीमा ४७३, बाँकेमा ४२२ र दाङमा २५२ जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै सुर्खेतमा ९७ र कञ्चनपुरमा ४६ जनामा संक्रमण पुष्टि भएको छ । १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २०० भन्दा बढी संक्रमित रहेको जिल्ला संख्या १० वटा रहेको छ । 

देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९२८ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ भने मृतकको कुल संख्या ३ हजार २८९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म २४ लाख ७३ हजार ९५६ जनाको पीसीआर परीक्षण भइसकेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम