२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अक्सिजन अपुग : ४० हजार सिलिन्डर तत्काल आवश्यक

२०७८, २२ बैशाख बुधबार ०२:१७

बैशाख २२, काठमाडौं । कोरोना भाइरस संक्रमण दोस्रो लहरमा फैलिएसँगै मुलुकभर अक्सिजनको चर्को अभाव भएको छ।दिनहुँ सयौं संक्रमित थपिन थालेपछि अक्सिजनको माग उच्च परिमाणमा बढेको हो ।

संक्रमितको संख्या वृद्धिदरको तुलनामा अक्सिजनको उपलब्धता निकै न्यून देखिएको छ।यही दरमा कोरोना फैलिने हो भने अक्सिजनको माग पूरा गर्न नसकिने उद्योगीले बताएका छन्।

नेपाल अक्सिजन उत्पादक संघले स्वदेशमै पर्याप्त परिमाणमा उत्पादन गर्न सकिने जनाएको छ।तर, उत्पादित अक्सिजन भर्ने सिलिन्डरको भने चर्को अभाव भएको संघका अध्यक्ष गौरव शारदाले बताए।

‘अहिले आवश्यक देखिएको अक्सिजन उत्पादन गर्न हामी सक्षम छौं’, अध्यक्ष शारदाले भने, ‘तर, हामीसँग अक्सिजन भर्ने सिलिन्डर छैन।सिलिन्डर तत्कालै उपलब्ध हुन सके हामी रातारात पर्याप्त परिमाणमा उत्पादन गर्न सक्छौं ।’

शारदाका अनुसार उपत्यकासहित देशभरको बिरामीको चापअनुसार अक्सिजन व्यवस्थापन गर्न थप ४० हजार सिलिन्डर आवश्यक छ।‘यो संख्यामा सिलिन्डरको उपलब्धता हुन सक्यो भने अक्सिजनको समस्या समाधान हुनेछ ।’

देशभर उत्पादन गर्ने उद्योग २२ वटा छन्।यीमध्ये आठवटा उपत्यकामा छन्।३ उद्योग बजार अभावमा बन्द भएको अध्यक्ष शारदाले बताए।नेपालगन्ज, भैरहवा, चितवन, बुटवल, वीरगन्ज, विराटनगर र इटहरीमा अक्सिजन उद्योग सञ्चालनमा छन्।

संघका अनुसार कोभिडको दोस्रो लहर सुरु हुनुअघि निजी क्षेत्रबाट उत्पादन हुने अक्सिजनमध्ये ५५ प्रतिशत औद्योगिक क्षेत्र र बाँकी ४५ प्रतिशत विभिन्न अस्पतालमा खपत हुने गथ्र्यो।

एक उद्योगबाट ४७ लिटरको ५ सय सिलिन्डर उत्पादन हुन्थ्यो।निजी क्षेत्रका उद्योगबाट १०, ४० र ४७ लिटर क्षमताको सिलिन्डर उत्पादन हुँदै आएको छ।४७ लिटरको बजार मूल्य ४ सयदेखि ६ सयसम्म र सानो सिलिन्डरको २ सय २५ रुपैयाँसम्म मूल्य तोकिएको छ । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो