Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

८८५० जनामा संक्रमण पुष्टि, काठमाडौँ उपत्यकामा मात्रै ४१९८ संक्रमित

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख २६, काठमाडौँ ।</b> नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा ४ हजार २२ जना निको भएर डिस्चार्ज पनि भएका छन् ।</p><p>काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४, ललितपुरमा ५३३ जना कोरोना संक्रमित भेटिएका हुन् ।</p><p>पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका २६ जना यसअघि सरकारी तथ्यांकमा समावेश नभएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।</p><p>आइतबार देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।</p>