पढ्न करिब 1 मिनेट लाग्छ

साउन २६, काठमाडौं । सुन तीन वर्ष यताकै महंगो भएको छ । सुनको भाउ बुधबार ३ सय रुपैयाले बढेर तोलाको ५९ हजार २ सय रुपैयाँ पुगेको छ ।

यसअघि २०७० साल भदौ १२ गते सुन तोलाको अहिलेसम्मकै महंगो ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यसपछि विस्तारै ओरालो लागेर तोलाको ४७ हजार ७ सय रुपैयाँमा झरेको सुनको भाउ फेरि उकालो लागेको हो ।

अन्तर्राष्ट्रिय बजारमा शेयर बजारसँगै लगानीको अरु क्षेत्र कमजोर भएकाले सुनको भाउ बढेको महासंघले जनाएको छ ।