२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१०१ वर्षीय साहित्यकार किञ्जल्कको अभिनन्दन गरिने

२०७८, २७ बैशाख सोमबार ०८:५९

वैशाख २७, गण्डकी (रासस)। साहित्यकार गोपाल वैद्य ‘किञ्जल्क’को अभिनन्दन गरिने भएको छ । एक सय एक वर्षीय किञ्जल्कको अभिनन्दनका लागि डा नारायणप्रसाद खनालको संयोजकत्वमा १०१ सदस्यीय अभिनन्दन मूल समारोह समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा महेन्द्रलाल प्रधान र रामगोपाल ढेवाजू, सचिवमा कृष्णप्रसाद बाँस्तोला तथा कोषाध्यक्षमा प्रतिभा प्रधान र सहकोषाध्यक्षमा राइम ढेवाजू रहनुभएको छ ।

साहित्यकार किञ्जल्कको साहित्यिक योगदानको सम्मान गर्दै अभिनन्दन गर्न लागिएको समितिका सचिव  बाँस्तोलाले जानकारी दिनुभयो । समितिमा कास्की, बागलुङ, पर्वत, तनहुँ, गोरखा, चितवन, नवलपुर, रुपन्देही, दाङ र काठमाडौंका साहित्यकार, सङ्घसंस्थाका प्रतिनिधि रहनुभएको छ । बाँस्तोलाका अनुसार समितिले अभिनन्दन ग्रन्थ प्रकाशन गर्ने तथा अनुकूल समयमा  किञ्जल्कको अभिनन्दन गर्नेछ ।

विसं १९७८ जेठ २ मा प्यूठानको खलङ्गामा जन्मनुभएका   ‘बागलुङे वैद्य’   पोखरा महानगरपालिका­ २ भैरवटोल निवासी हुनुहुन्छ । पुख्र्यौली घर बागलुङ भएका उहाँको परिवार २०१५ सालदेखि पोखरामा बसेको हो । आयुर्वेदमा स्नातक उहाँले पोखरा भैरवटोलस्थित निवास भैषज्य सदनमा केही वर्ष अघिसम्म औषधालय सञ्चालन गर्नुभएको थियो । 

नेपाली र संस्कृत भाषामा सिद्धहस्त  किञ्जल्कको पहिलो रचना संस्कृतको किञ्चल्क कणिका २०४० सालमा गोरखापत्रमा प्रकाशन भएको थियो । उहाँका हिमाद्री महिमा (संस्कृत, २०६१) बद्री केदार दर्शन (पद्यात्मक, २०५४), नीतिशतकम् (पद्यात्मक, २०५४) कृति प्रकाशित छन् । त्यस्तै उहाँका सम्पादित तथा अनुवादित कृति चाणक्य नीतिदर्पण (पद्यानुवाद, २०५४), कुमार सम्भव १, ४, ५ सर्ग (पद्यानुभाव, २०५४), शिव महिमा स्त्रोतम्  (पद्यानुभाव, २०५६), विष्णुसहस्त्रनाम (पद्यानुभाव, २०५८), सूक्ति मुक्ताहार (पद्यानुभावसहित, २०५४), लक्ष्मीनृसिंहस्तोत्र भगवच्छरण (२०५७), स्तोत्र साधनपञ्चकम्, कैवल्याष्टक, उपमन्युकृत शिवस्तोत्रको पद्यानुभाव (२०६१) प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा