Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

विवाहको भीडले गाउँभर कोरोना

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख ३०, काठमाडौं । विवाहमा भएको भीडभाडले महोत्तरीको बर्दिबास ५ चेरु गाउँमा कोरोना संक्रमण फैलिएको छ ।

गाउँका मानिसमा ज्वरो, रुघाखोकी देखिएपछि ४३ जनामा गरिएको कोरोना परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु यादवले बताए।

घरघरमा मानिसमा एकै पटक कोरोना संक्रमण फेला परेपछि गाउँलाई  सिल गरिएको बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्कीले बताए।

‘कोराना  संक्रमण बढिरहेकै बेला गाउँमा भएको विवाहमा बाहिरबाट मानिस आए, गएका कारण कोरोना फैलियो,’ मेयर कार्कीले भने, ‘संक्रमित सबै होम आइसोलेसनमा बसिरहनुभएको छ।’

उनीहरुको सबैको स्वास्थ्य अवस्था समन्य रहेको उनको भनाइ छ  । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।