Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

होमआइसोलेशनका सङ्क्रमित बढी ‘हवाई लिफ्ट’

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

वैशाख ३०, काठमाडौँ (रासस) । कोभिड सङ्क्रमित भएर होमआइसोलेशनमा बस्नुभएको छ ? छ ,भने स्वास्थ्यावस्थाका गम्भीर ध्यानदिन दिनुहोला । विशेष गरी समय समयमा अक्सिमिटरको सहायताले अक्सिजनका अवस्था जाँच गरिरहनुका साथै चिकित्सकका सम्पर्कमा रही आवश्यक परामर्श लिन  नभुल्नुहोला ।

पछिल्लो समय ‘हवाई बेड लिफ्ट’ भई थप उपचारार्थ झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा  पुर्याइएका अधिकाशं बिरामी होइआइसोलेशनमा नै बसेका  छन् । काठमाडौँ लगायत प्रमुख शहरका सरकारी तथा निजी अस्पतालमा  भेन्टिलेटर सहित सघन उपचार कक्ष (आइसियू) तथा अक्सिजनको चरम अभाव भएपछि जटिल  सङ्क्रमित धमाधम बिएण्डसीमा ‘हवाई लिफ्ट’ भैराखेका हुन् । दशदिन होमआइसोशनमा रहेका काठमाडौँ सातदोबाटोका ५७ वर्षीया सावित्री श्रेष्ठ आज बिहान ‘हवाई लिफ्ट’ गरी बिएण्डसीमा भर्ना हुनुभएको अस्पतालले जनाएको छ । अस्पतालका जनसम्पर्क तथा सूचना अधिकृत प्रमिश गिरीद्वारा जारी विज्ञप्तिमा हालसम्म अस्पतालमा  हवाई लिफ्ट’ भएका अधिकांश बिरामी अन्यत्र भेन्टिलेटर सहित आइसियू तथा अक्सिजन नपाएका तथा  होमआइसोलेशनमा बस्दा जटिल हुन थालेपछि थप उपचारार्थ आएका उल्लेख छ ।

उहाँले विज्ञप्तिमा भन्नुभएको छ “बिरामीका आफन्तले रुँदै भेन्टिलेटर र अक्सिजन  छ भनेर सोध्नुहुन्छ । छ भन्ने जवाफ दिएपछि  छिटोभन्दा छिटो बिरामी ल्याउँछौँ श्यया राखिदिनस् भन्नुहुन्छ । महामारीमा बिरामीको ज्यान बचाँउन अस्पतालको स्रोत साधनले भ्याएसम्म अहोरात्र खटिरहेका छौँ । अस्पतालमा हालसम्म भेन्टिलेटर सहित आइसियू तथा अक्सिजनको  अभाव  छैन ।  ” बुधबार मात्र  होमआइसोशनमा नै रहनुभएका नेपालगञ्जका ६१ वर्षीय प्रेमकुमार सोनी र ओखलढुङ्गाका ५५ वर्षीय नरनाथ फु्याललाई ‘हवाई लिफ्ट’ गरी अस्पतालमा भर्ना गरिएको थियो । उनीलाई पनि होमआइसोलेशनमा रहँदा श्वासप्रश्वासमा जटिल हुँदै गएपछि सो अस्पताल लगिएको बताइएको छ । अस्पतालले कोभिडका बिरामीलाई उपचार गर्न  हाल २०० श्यया सञ्चालनमा ल्याएको छ  । आवश्यकता परेमा श्यया थपिने र छिट्टै अक्सिजन प्लान्ट सञ्चालनमा आउने जनाइएको छ । मौज्दात  रहेका ६५ भेन्टिलेटर सहित आइसियू मध्ये गम्भीर सङ्क्रमितका लागि ५० श्यया छुट्याइएको र ६० चिकित्सक सहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेका पनि अस्पतालले जनाएको छ । अस्पतालले २५ श्यया मात्र कोरोनाका बिरामीलाई  छुट्याएको थियो । अहिले पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पतालमा गरी कूल ९०० श्यया छ ।

विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजिव श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करुण पोखरेल तथा अर्थाका इन्साक खाँन लगायतले सेवा प्रदान गरिरहनुभएको छ । विज्ञप्तिमा भनिएको छ “कोभिडका बिरामीको चाप अस्पतालमा बृद्धिभएसँगै श्यया थप गरिएको छ । भेन्टिलेटर थप गर्दैछौ ।  दक्ष जनशक्ति , भौतिक पूर्वाधार तथा आधुनिक उपकरणका क्षमताले भ्याएसम्म बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको छ । ”