Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ब्रोकर कार्यालयमा तीन कर्मचारी मात्र राख्न निर्देशन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख ३०, काठमाडौँ (रासस) । नेपाल धितोपत्र बोर्डले शेयर धितोपत्र दलाल, मर्चेन्ट बैंकरलाई प्रणाली सञ्चालनका लागि कार्यालयमा तीनभन्दा बढी कर्मचारी नखटाउन निर्देशन दिएको छ ।

बोर्डले विज्ञप्तिमार्फत आज सूचना प्रविधिसम्बन्धी कार्य गर्न मात्रै कर्मचारी खटाउन र घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

गुनासा तथा समस्या समाधानका लागि प्रयोग भइरहेको कार्यालयको कल डाइभर्ट गरी घरबाटै त्यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउन र थप मोबाइल नम्बर उपलब्ध गराउन बोर्डले आग्रह गरेको छ ।

साना लगानीकर्ताले दैनिक घरखर्च चलाउन वा औषधोपचारका लागि शेयर बिक्री गरेको अवस्थामा लगानीकर्ताको अनुरोधमा सम्बन्धित ब्रोकरले सम्भव भएसम्म आवश्यकताअनुसार करम तत्काल उपलब्ध गराई सहयोग गर्ने, कर्मचारीमा कोरोनाको लक्षण देखिएमा तत्काल आइसोलेशनमा बस्ने व्यवस्था गर्ने र नेपाल सरकार र जिल्ला प्रशासन कार्यालयबाट जारी भएका आदेश अनुसारको स्वास्थ्य मापदण्ड पालना गर्नसमेत बोर्डले आग्रह गरेको छ ।