पढ्न करिब 1 मिनेट लाग्छ
<p> जेठ १, काठमाडौँ (रासस) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकको सिफारिसविना कसैलाई पनि घरमा अक्सिजन सिलिण्डर नराख्न आग्रह गरेको छ ।</p><p>मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सूचना जारी गर्दै सर्वसाधारणलाई आफूसंँग भएका सिलिण्डर नजीकैका अस्पताल वा स्थानीय प्रशासनलाई बुझाउन आग्रह गरिएको छ ।</p><p> अहिले दैनिक १५ हजार सिलिण्डर अक्सिजन माग र सात हजार २०० सिलिण्डर उत्पादन हुने गरेको छ ।<br></p>

