२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच हजार ४५५ जना सङ्क्रमण मुक्त, आठ हजार सङ्क्रमित थपीए

२०७८, १ जेष्ठ शनिबार १२:१८

जेठ १, काठमाडौँ (रासस) । नेपालमा थप आठ हजार १६७ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ९७१ जनाको पिसिआर तथा ५७७ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः आठ हजार ४६ र १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

यससँगै देशभर कोरोना सङ्क्रमित चार लाख ७७ हजार चार पुगेका छन् । हालसम्म २७ लाख ५१ हजार ४८१ को पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ४५५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या तीन लाख ३३ हजार १०८ पुगेको छ । कोरोना निको दर ७४ दशमलव ४ प्रतिशत छ । यस्तै गत २४ घण्टामा थप १८७ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या चार हजार ८५६ पुगेको छ । आजसम्म मुलुकभर सक्रिय सङ्क्रमितको संख्या एक लाख नौ हजार ७४०  छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा