२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाका अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि नयाँ व्यवस्था

२०७८, २ जेष्ठ आईतवार ०२:१२

 जेठ २, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न ११ वटा कोभिड डेडिकेटेडसहित अन्य अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि नयाँ व्यवस्था गरेको छ।

यी अस्पतालले अब संक्रमितलाई अवस्था हेरी घर पठाउने, भर्ना गर्ने या आइसियुमा राख्ने निर्णय लिनेछन्। नयाँ व्यवस्थाअनुसार संक्रमित पुग्नुपर्नेछ। यसअघि संक्रमित घरैमा बस्ने र अक्सिजन घटेपछि मात्र अस्पताल जाने प्रक्रिया थियो।  

मन्त्रालयले आइतबारदेखि लागू गर्ने गर निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए। यसबाट गम्भीर अवस्थाका बिरामीको समयमै उपचार हुने र सामान्य अवस्थाकालाई घरैमा राखेर उचपार गर्न सजिलो हुने उनले बताए।  मन्त्रालयका अनुसार उपत्यकाका मुख्य अस्पताल तथा मेडिकल कलेजहरू कोभिड डेडिकेटेडमा समावेश छन्। 

नेपाल मेडिकल कलेज, नोबेल अस्पताल, आर्मी अस्पताल, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘व्याक अप’ अस्पतालका रूपमा व्यवस्थापन गर्न लागेको मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

अबदेखि यस्तै प्रक्रियाका साथ निजी कोभिड अस्पतालहरूले पनि उचपार गर्नु पर्नेछ। यी अस्पतालमा गम्भीर अवस्थामा पुग्ने संक्रमित तथा अन्यत्रबाट रेफर भएका बिरामीलाई व्यवस्थापन गरिनेछ।

नयाँ व्यवस्थासँगै १० हजार शय्याको क्षमता उपत्यकाका अस्पतालमा हुने मन्त्रालयले जनाएको छ। अस्पतालहरूले जुनसुकै समयमा पनि उपचार सेवा दिनुपर्ने प्रबन्ध मिलाइएको छ।

यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा